बेनीका दिनेश विश्वकर्मा मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टलको उत्कृष्ट १० मा छनौट

बेनीका यूवा दिनेश विश्वकर्मा विश्वकर्मा समुदायका युवायुवतीहरुलाई लक्षित गर्दै ‘बि ब्रोस् इन्टरटेनमेन्ट’को आयोजनामा दोस्रो संस्करणको ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष विश्वकर्मा उत्कृष्ट १० भित्र परेका हुन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुनेछ।प्रतियोगितामा १६–२९ वर्ष उमेर समूहका युवायुवतीहरुले सहभागी भएका छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा सहभागीसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने छन्।

Online Voting Link: https://bit.ly/GlobalOnlinePay-BishwokarmaIntercontinental2023