बेनीका यूवा दिनेश विश्वकर्मा विश्वकर्मा समुदायका युवायुवतीहरुलाई लक्षित गर्दै ‘बि ब्रोस् इन्टरटेनमेन्ट’को आयोजनामा दोस्रो संस्करणको ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष विश्वकर्मा उत्कृष्ट १० भित्र परेका हुन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुनेछ।प्रतियोगितामा १६–२९ वर्ष उमेर समूहका युवायुवतीहरुले सहभागी भएका छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा सहभागीसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने छन्।

Online Voting Link: https://bit.ly/GlobalOnlinePay-BishwokarmaIntercontinental2023

 

 

Leave a Reply