विशेष गरी मगर जातिको बाहुल्यता रहेको म्याग्दी जिल्लाको मंगला-१, भर्जुला गाउँको मौलिक कला, सामाजिक, सांस्कृतिक, प्राकृतिक पक्षलाई चिनाउने उद्देश्यले लेखक मनकुमार जुग्जाली र रघु जुग्जालीको शब्द संकलन, राष्ट्रिय कलाकार गीता पाइजाको संगीत साथै पाइजा र स्थानीय कलाकार किशोर पुनको स्वर, तेजेन्द्र गुरुङको एरेन्ज, निर्देशक दीप गुरुङको निर्देशनमा तयार गरिएको भर्जुला गाउँ चिनारी भिडियो यहि २०८० जेठ २३ मा निर्देशकद्वय दीप गुरुङकै युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ ।

उत्त भिडियोमा मोडलको भुमिकामा आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनय रहेको छ । साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको छ । यस म्युजिक भिडियो निर्माणका लागि आर्थिक संकलनको संयोजन मंगला-१, का वडा सदस्य ओमकार शेरपुन्जा (कुमार) र पोखरामा बस्दै आउनु भएका टीकाबहादुर पुनले संयोजन गर्नुभएको छ ।

भिडियो निर्माणमा भर्जुला स्थित विविध संघ संस्था तथा देश विदेशमा रहनु भएका स्थानीयहरुबाट समेत पर्याप्त आर्थिक सहयोग प्राप्त भएको छ ।

जनप्रतिनिधि समेत रहनु भएका आर्थिक संयोजक शेरपुन्जाले सहयोगी सबैप्रती आफू आभारी रहेको बताउनुभएको छ । कविता लेखनमा सकृय जुग्जालीले भने संगीतका लागि पहिलो पटक कलम चलाएका हुन । पहिलो पटक संगीत रेकर्ड गरेका किशोर पुन हाल अस्ट्रेलियामा हुनुहुन्छ । पुनले अस्ट्रेलियामा हुने विविध कार्यक्रममा आफ्नो सुमधुर आवाजले धेरैको मन जितेका छन् ।

Leave a Reply