म्याग्दीको बेनी नगरपालिका–६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सवको करिब ५ हजारले अवलोकन गरेका छन् । बेनी नगरपालिका भित्रका विद्यालयको स्टल सहित विभिन्न प्रतियोगितामार्फत विद्यार्थीको सहभागिता जनाएको महोत्सवमा बेनपा भित्रका विद्यालयका विद्यार्थीको अवलोकन सहित सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । महोत्सवमा शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धीत सामग्री प्रदर्शन गरिएको र लक्ष्य अनुसार नै सफलता प्राप्त भएको विद्यालयका प्राधानाध्यापक सोमनाथ ढुङ्गानाले बताउनुभयो ।

उहाँले महोत्सवमा विद्यालय, सरोकारवाला निकायका प्रतिनिधि, अभिभावक र अवलोकनकर्ता गरी करिब ५ हजारले प्रत्यक्ष स्टलमा पु्गेर अवलोकन गरेको बताउनुभयो । महोत्सवमा शैक्षिक जानकारी मुलक स्टलहरु निशुल्क रुपमा राखिएको थियो।नगरपालिकाभित्र रहेका विद्यालयहरुले स्टलहरु राखेका थिए ।

चार दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीको प्रतिभाको पहिचान, विज्ञान प्रविधि, कला र संस्कृतिको संरक्षण गर्न टेवा पुगेको प्रअ ढंगानाको भनाई छ। स्टलमा परम्परागत हलोजुवा सहित विभिन्न कलात्मक साम्रागीको समेत प्रर्दशन गरिएको थियो ।

महोत्सवमा पोषणका साम्रागी सहित अभिभावकलाई समेत सन्देश प्रवाह हुने स्टलहरुले समेत सन्देश प्रवाह गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो । महोत्सवमा वक्तृृत्वकला प्रतियोगिता, मोटिभेसनल कक्षा, खुल्ला कविता, चित्रकला, भजन प्रतियोगिता, विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शन र हाजिर जवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार समेत वितरण गरिएको थियो । शैक्षिक क्षेत्रको विकास र सम्भावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ ।

Leave a Reply