म्याग्दीको सदरमुकाम बेनीमा अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा ’९ ए साइड’ फुटबल प्रतियोगिता गर्ने भएको हो । विद्यालयस्तरमा छात्रातर्फको फुटबल प्रतिभाको उजागर गर्ने उदेश्यले क्लवले भदौ २३ गतेदेखि २६ गतेसम्म खुल्लामञ्चमा आयोजना गर्ने क्लवका अध्यक्ष उपेन्द्र गिरीले बताए ।

हरितालीका तिज पर्वको अवसरमा आयोजना हुने प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार क्रमश ४५ हजार, २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कारको ब्यवस्था रहेको छ । छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई क्रमश ३ हजार नगद र अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार समेत रहेको छ ।

Leave a Reply