{"caption":"u092cu093eu0901u0926u0930 u0927u092au093eu0909u0928u0947 'u092cu0928u094du0926u0941u0915' u0926u0947u0916u093eu0909u0901u0926u0948 u092eu0915u0935u093eu0928u092au0941u0930u0915u093e u0915u093fu0938u093eu0928 (u092cu093eu092fu093eu0901) u0964 u092cu093eu0901u0926u0930u0915u094b u0939u0942u0932 u092eu0915u0948u092cu093eu0930u0940u092eu093e u092au0938u094du0928 u0928u0926u093fu0928 u092au0939u0930u093e u092cu0938u0947u0915u0940 u0926u094bu0932u0916u093e u0936u0948u0932u0941u0919u0915u0940 u0917u094bu092eu093e u0935u093fu0915 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

पर्वत कुश्मा ९, ज्ञादीका ७० वर्षीय ख्यामराज लामिछाने थाहा पाउने भएदेखि नै खेतीपातीमै छन् । उमेरले ७ दशक पुगिसके पनि खेतबारीमा काम गर्दा उत्तिकै जोश आउँछ, काम गरेर थाक्दैनन् ।

तर, विगत ७ वर्षदेखि भने लामिछानेलाई आपत आइलागेको छ । बारीमा जब मकै हुर्केर घोका हाल्न थाल्छ, तब हुल बाँधेर बाँदर आइपुग्छन् र फल्न लागेका मकै सबै सखाप पारिदिन थालेका छन् । सुरुसुरुमा धपाएर भाग्ने बाँदर अहिले मान्छे टेर्न पनि छोडिसकेका छन् ।

‘६, ७ वर्षअघि बाँदरहरु खासै देखिन्थेनन् । यसो आएर पनि डिलडिलै जान्थे । अलिअलि धपायो भने भागिहाल्थे,’ लामिछाने सुनाउँछन्, ‘अहिले त बाँदर गाउँमै छिरे । गाउँमा छिरेका बाँदरले केही बाँकी राख्न छोडेनन् ।’

अरुबेला खासै दुख नदिए पनि मकै फल्न थालेदेखि बाँदरको संख्या पनि एकाएक बढ्ने गरेको स्थानीयको गुनासो छ । मकै थन्काउनेबेला बाँदरले सखाप नै पार्न थालेपछि ज्ञादीका स्थानीयले ३ वर्षदेखि पालैपालो हेरालो बस्न थालेका छन् ।

बाँदर हेर्न १५ परिवारले जेठ दोस्रो सातादेखि असार दोस्रो सातासम्मको समयतालिका नै प्रकाशत गरेर पालो बाँडेका छन् ।

जसमा पहिलो दिन कमल पिसीले पालो पाएका छन् भने अन्तिम दिन राजबाबु पिसीको पालो छ ।

‘गाउँमा बसिसकेपछि काम नगरेर भएन, केही न केही त गर्नैप¥यो । गर्दा पनि बाँदरले बसिखान नदिएपछि के गर्नु त,’ लामिछानेले भने, ‘अहिले हामी १५ घरको आलोपालो बाँदरको चौकीदार बसेका छौं ।’ उनका अनुसार २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा मकै खेती हुने भए पनि बीचमा बारी पर्ने किसानहरु चौकीदार बस्नुपर्दैन ।

कुश्मा ९ का वडाध्यक्ष राम शर्मा लामिछाने आलोपालो बाँदर धपाउन थालेदेखि केही किसानलाई केही राहत भएको बताए ।

‘बाँदर धपाउन के नै गरिएन होला र ? बजाउनेदेखि पड्काउने सबै गरियो । केही गर्दा पनि सीप नलागेपछि गाउँले मिलेर नै आलोपालो गर्न थालेका हौं,’ वडाध्यक्ष शर्माले भने, ‘खेतबारीमै गुलेली, ढुंगा लिएर बसेपछि अलि कम भा’छन् ।’

बाँदर धपाउन बारीको डिलमा छाप्रो बनाएको र त्यही छाप्रोबाट मकैको चोकीदारी गरिरहेको स्थानीय लामिछाने बताउँछन् ।

‘छाप्रो देखेपछि मान्छे नभए पनि बाँदर अलि डराउने रैछ । केही सजिलो त भएको छ,’ उनी भन्छन् ।

वडाध्यक्ष लामिछाने वनजंगलमा रुख विरुवा बाक्लिँदै गए पनि उनीहरुले खाने खानेकुराको अभाव हुँदै जाँदा बाँदर बस्ती पस्न थालेको हुन सक्ने सुनाउँछन् ।

जंगलमा उनीहरुले खाँदै आएको कन्दमुललगायतको जंगली फलफुल कमी हुँदै जाँदा खानेकुराका लागि खेतबारी पस्न थालेको उनीहरुको भनाइ छ ।

‘जंगल बढ्यो । तर, उनीहरुको खानेकुरा कमी आउन थाल्यो । बाँदरको संख्या पनि बढेको हुन सक्छ,’ उनले भने ।

Leave a Reply