अस्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा आगामी आइतबार हुने एकदिवसीय मोना टुर्नामेन्टको सम्पूर्ण तयारी पूरा भएको छ । अर्वन बास्केटबल सेन्टरमा हुने टुर्नामेन्टमा पुरुष तथा महिला भलिब एवम् पुरुष बास्केटबल समावेश गरिएको छ ।

‘अब म पनि खेल्छु’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मोना अस्ट्रेलियाका कार्यसमिति सदस्य बाबुराम पौडेलले बताए।‘प्रतियोगिताका टाइसिट प्रकाशन, आन्तरिक तथा बाह्य सबै तयारी पूरा भएको छ’ पौडेलले भने ।

उनका अनुसार प्रतियोगितालाई उत्साहजनक र एतिहाँसिक बनाउन आवश्यक सबै तयारीमा जुटेको बताए। प्रतियोगिताको संयोजक सन्दीप खत्रीले अवलोकन सहित हैसला बढाउन प्रतियोगितास्थलमा सम्पूर्ण म्याग्देलीलाई निमन्त्रणा गरेका छन् ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ विजेतालाई २२ सय अस्ट्रेलियन डलर साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १२ सय अस्ट्रेलियन डलर पाउनेछन् । महिला भबिलतर्फ विजेताले एक हजार डलरका साथमा ट्रफी प्राप्त गर्दा उपविजेताले ६ सय डलर प्राप्त गर्नेछन् ।

बास्केटबल तर्फ भने विजेताले ट्रफीका साथमा २ हजार र उपविजेताले ११ सय डलर प्राप्त गर्नेछन् । टुनामेन्टको टाइटल स्पोन्सर शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाले गरेको छ। प्रतियोगिताको घोषणामा स्टुडेन्ट भाइब्सका प्रमुख बद्री बरुवालले मोना अस्ट्रेलियका अध्यक्ष इन्द्र थापा मगरसँग हस्ताक्षर गरेका थिए ।

Leave a Reply