मिस्टर विश्वकर्मा -२०२३ को उपाधि म्याग्दीका दिनेशकुमार विश्वकर्माले जित्नुभएको छ । बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रबार काठमाडौंमा सम्पन्न फाइनलमा जिल्ला सदरमुकाम बेनीका दिनेशले मिस्टर विश्वकर्माको उपाधि जित्न सफल हुनुभएको हो ।

उत्कृष्ट दश जनाभित्र पर्नुभएका दिनेश लगायत सहभागिहरुका लागि भोटिङ गरिएको थियो । ट्यालेन्ट सो पनि गरिएको थियो । व्यक्तित्व, क्षमता र भोटिङ लगायतका आधारमा दिनेशलाई बिजेता घोषणा गरिएको हो । मिस्टर विश्वकर्माको उपाधि सहित दिनेशले नगद पचास हजार रुपैयाँ समेत प्राप्त गर्नुभएको छ । बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ सामाजिक गतिबिधि र काममा रुची राख्ने गर्नुहुन्छ ।

Leave a Reply