फ्रान्समा रहेका म्याग्देलीको साझा संस्था मोना फ्रान्सले दोस्रो मोना कपको आयोजना गर्ने भएको छ । फ्रान्समा रहेका नेपाली खेलाडीहरुसँगको सहकार्य तथा खेल प्रतिभालाई प्रोत्साहन गर्न जुलाई २ मा मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिता “दोस्रो मोना कप २०२३“ आयोजना गरिएको मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले बताए ।

फ्रान्समा क्रियाशील सामाजिक संघसंस्थाहरु र फ्रान्सलाई कर्मथलो बनाई बसोबास गर्ने खेलाडीको पहिचानमा समेत प्रतियोगिताले सहज हुने उनले बताए । प्रतियोगितामा टिम दर्ता शुल्क ३०० युरो रहेको छ ।

त्यसैगरी प्रतियोगिताका विजेतालाई प्रथम पुरुस्कार १५०० युरो, ट्रफी, मेडल र प्रमाणपत्र,द्धितिय पुरस्कार ८०० युरो, ट्रफी, मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई १०० युरो, मेडल र प्रमाणपत्र रहेको मोना फ्रान्सका यूवा तथा खेलकुद संयोजक प्रेम थापा मगरले बताए । टिम दर्ता जुन २५ गतेसम्म तोकिएको छ ।

Leave a Reply