म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा अन्तर माध्यमिक विद्यालय जिल्लास्तरीय वक्तृत्व प्रतियोगितामा
जामुनाखर्क मावि अर्थुङ्गेकी विनिता सुवेदी प्रथम भएकी छन् ।
जनकल्याण मा.वि. पुलाचौरमा गठित युवा रेडक्रस सर्कलको आयोजना र सामाजिक विकास कार्यालय म्याग्दीको सहयोगमा वत्तृmत्व प्रतियोगितामा “बालमैत्री स्थानीय शासन प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिका” विषयक वत्तृत्वसुवेदी प्रथम, बेनी सामुदायिक माविका अभिषेक पौडेल द्वितीय, प्रकाश मावि बेनीकी सिद्धिका पौडेल तृतीय र आयोजक विद्यालय जनकल्याण माविकी प्रज्ञा बानियाँले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद आठहजार, छहजार, चारहजार र दुईहजार रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा म्याग्दी जिल्लाका संस्थागत तथा सामुदायिक गरी ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले नगरपालिकाभित्र रहेका विद्यालयहरुमध्ये जनकल्याण मावि र युरेसको गतिविधिहरु नगरपालिकाका अन्य विद्यालयहरुको लागि पनि उत्प्रेरित गर्ने खालको रहेको बताएका थिए ।
 नेपाल रेडक्रस सोसाइटी म्याग्दी जिल्ला शाखाको स्वर्णजयन्ती वर्षको अवसरमा जिल्लास्तरीय अन्तरमावि वत्तृmत्व प्रतियोगिता गरिएको आयोजक जनकल्याण माविले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले युवा रेडक्रस सर्कल जनकल्याण मावि पुलाचौरले जिल्लास्तरीय वत्तृmत्वकला प्रतियोगिताको आयोजना गरेकोमा अत्यन्त खुशी लागेको बताए ।
कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडाध्यक्ष गोविन्द बानियाँले युरेस जनकल्याण माविले माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा मापन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेकाले वडामार्फत शैक्षिक गतिविधिमा आवश्यक सहयोग गर्ने बताए ।
युरेस संरक्षक एवं प्रधानाध्यापक कमलप्रसाद पौडेलले युरेसमा आबद्ध विद्यार्थीहरुको सक्रियताले विद्यालयको पठनपाठनमा समेत सहयोग पुगेको बताएका थिए । रेडक्रस म्याग्दीका सभापति अमर बानियाँले जिल्ला शाखाको स्वर्णजयन्ती वर्षको अवसरमा जनकल्याण मावि युरेसले जिल्लाका अन्य विद्यालयहरुमा गठित सर्कलहरुलाई समेत सन्देश हुने गरी प्रशंसनीय कार्य गरेको बताए ।
रेडक्रस सर्कल जनकल्याण मावि पुलाचौरकी अध्यक्ष प्रज्ञा बानियाँको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल बानियाँको धन्यवाद ज्ञापन र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठको मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक गीता आचार्य र युरेस शिक्षक सहनायक प्रकाश सुवेदीले सञ्चालन गरेका थिए ।
यसअघि युवा रेडक्रस सर्कल जनकल्याण मावि पुलाचौरको उदाहरणीय र सक्रिय गतिविधिका कारण नेरेसो पुलाचौर उपशाखाको २०औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा उत्कृष्ट सर्कलको रुपमा समेत पुरस्कृत भएको थियो।
यसैगरी विश्व रेडक्रस दिवस मे ८ को अवसरमा सर्कललाई सक्रिय गरेको भन्दै सर्कलका सल्लाहकार समेत रहेका शिक्षक कपिल केसीलाई सम्मान गरिएको थियो । सोही अवसरमा बाल शिक्षादेखि कक्षा ५ सम्मका जेहेन्दार ४० जना विद्यार्थीहरुलाई आठहजार रुपैयाँ बराबरको अंग्रेजी हाण्ड राइटिङ बुक, कापी, पेन्सिल, इरेजर, कटर लगायतका स्टेशनरी सामग्रीहरु समेत प्रदान गरिएको थियो ।

Leave a Reply