म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेमा सञ्चालित तीनदिने प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम आइतबार सकिएको छ । ज्ञानमन्दिर सामुदायिक सिकाई केन्द्र अर्थुङ्गेले संस्थाका आजिवन सदस्य तथा महिलाहरुका लागि आयोजित तालिम आइतबार समापन भएको पद्मा गौतमको जानकारी दिईन् ।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कृष्णसिङ बानियाँले महिला सक्षम भए परिवार र समाज नै सक्षम हुने भएकाले यस्ता कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई दैनिक जिवनमा उतार्नुपर्ने बताए । तीन दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले आगामी दिनमा समेत केन्द्रमार्फत सदस्यहरुको क्षमता विकास सहितका रचनात्मक कार्यहरु गर्ने बताए। तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्मा र म्याग्दी जेसीजका निर्वतमान अध्यक्ष सन्दिप खत्रीले गरेका थिए । तालिमबाट समुदायस्तमा हुने कार्यक्रममा निर्धक्क बोल्न सक्ने भएको सहभागीको भनाई थियो ।

Leave a Reply