म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३, मुनामा प्रारम्भिक बालविकास कक्षामा अध्यापनरत शिक्षकहरुको लागि ३ दिने अभिभावकिय शिक्षा सम्वन्धि तालिम सञ्चालन भएको छ।

उक्त तालिममा धवलागिरी गाँउपालिकाका २७ वटा प्रारम्भिक वालविकास कक्षाका शिक्षकहरुको उपस्थिती रहेको थियो ।संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा धवलागिरी गाँउपालिकाको समन्वयमा उक्त तालिमा सञ्चालन भएको हो ।

धवलागिरी गाँउपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनको अध्यक्षता, सामाजिक विकास संयोजक एंव वडा न. ३ का वडा अध्यक्ष देवेन्द्र रोकाको प्रमुख आतित्थता, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीको विशिष्ठ आतिथ्यता र श्रोत व्यक्ति गिरिप्रसाद छन्त्यालको आतिथ्यतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गुड नेवर्स इन्टरनेशनल म्याग्दीका परियोजना संयोजक रमेश बहादुर बुढाले गर्नुभएको थियो भने सञ्चालन शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्यले गर्नुभएको थियो भने उक्त तालिमको प्रशिक्षण पम्फा खड्काले गर्नुभएको थियो ।

प्रारम्भिक वाल शिक्षा मानवको शुरुवाती चरण हो । यो अवस्थामा मानव मुल्य, अनुशासन, व्यक्तित्व विकाश, वाल सहभागिताको वारेमा अध्यापन गर्नुपर्ने कुरामा जोड दिनुपर्ने अध्यक्ष प्रेम प्रसाद पुनले जानकारी दिनुभयो ।

प्रारम्भिक वाल कक्षामा अध्ययन गर्ने बालवालिकाहरु विद्यालय शिक्षाको प्रारम्भिक चरणमा हुने भएकोले उनीहरुलाई भोलीको असल नागरिक तयार गर्नमा शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने कुरा सामाजिक विकास संयोजक देवेन्द्र रोकाले बताउनु भयो ।

विद्यालय कस्तो बनाउने, नागरिक कस्तो बनाउने, समाज कस्तो बनाउने भन्ने कुरामा प्रारम्भिक वाल कक्षाका विद्यार्थीहरु हामीले कस्तो बनाउछौ भन्ने कुरामा निर्भर हुने कुरा शिक्षाशाखा प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो ।

बालबालिकाहरुको पढाईको लागि विद्यालयल मात्रै जिम्मेवारी नभई अभिभावकहरुको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहने र सोका लागि अभिभावकिय सिपहरुको विकास गर्नमा बालविकासका शिक्षकहरुको भूमिका लाई केन्द्रविन्दुमा राखी तालिमको सञ्चालन भएको थियो ।

बालवालिकाहरुमा उपयुक्त व्यवहार र सर्वाङ्गिण पक्षको विकासका लागि विद्यालय तथा घरायसी वातावरणले महत्वपूर्ण भूमिका खेल्ने हुदा घरको र विद्यालयको वातावरण सुधारमा तालिमको विषयवस्तुले विशेष जोड दिएको थियो ।

Leave a Reply