म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले युरोप स्तरीय ‘मोना भलिबल कप २०२३’ प्रतियोगिता सम्पन्न गरेको छ ।बेल्जियमको औद्योगिक शहर आन्तर्पेनमा आइतबार आयोजना गरिएको उक्त प्रतियोगिताको शुभारम्भ बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले खेल मैदानमा रहेका खेलाडीहरूलाई भलिबल दिँदै गर्नुभएको थियो ।

राजदूत राजभण्डारीले प्रवासमा खेलिने यस प्रकारका खेलहरूले नेपाली समुदायमा सामाजिक सद्भावको प्रवद्र्धन गर्नुका साथै खेलाडीहरूलाई समेत स्वस्थ रहन सहयोग पु¥याउने हुँदा यस्ता खेलहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेले युरोपमा भलिबल खेलप्रेमी नेपालीहरूको संख्या धेरै भएता पनि पछिल्लो समयमा यो खेल लोप हुने अवस्था रहेको हुँदा यो खेलमा युवाहरू आकर्षित गर्न मानो बेल्जियमले पहिलो पटक आयोजना गरेको बताउनुभयो ।

अध्यक्ष घिमिरेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नु हुने सबैप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्दै यो प्रतियोगिताले भविष्यमा अरु खेलहरू खेलाउन आफूहरूलाई हौसला प्रदान गरेको बताउनुभयो ।

हिजो सम्पन्न खेलमा एनआरएनए फ्रान्स, जोन पेरिस, मोना बेल्जियम, डिसोफ बुर्गे, एनआरएनए लक्जम्बर्ग र एभरेष्ट समाज बुर्गे गरी पाँच समुहले भाग लिएका थिए ।

उक्त खेलमा एनआरएन फ्रान्स पहिलो स्थान र जोन पेरिस दोश्रो स्थान हात पार्न सफल भएको थियो भने अनुशासित समुहको उपाधि एनआरएनए लक्जम्वर्गले हासिल गरेको थियो ।त्यस्तै खेलाडी अनिल थापा मगरलाई खेलको उत्कृष्ट खेलाडीको उपाधि प्रदान गरिएको थियो । थापालाई प्रोत्साहनका लागि सय युरो प्रदान गरिएको थियो ।

आयोजक मोना बेल्जियमले भलिबल प्रतियोगितामा प्रथम हुने एनआरएनए फ्रान्स टिमले पुरस्कार स्वरुप २ हजार युरो र दोश्रो हुनेलाई जोन पेरिस टिमले १ हजार युरो नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ ।खेलमा मिन क्षेत्री, सुवास जोशी, ज्ञानु थापा, सरोज र रुद्र लम्सालले रेफ्रिको भूमिका निर्वाह गरेका थिए ।

भलिबल प्रतियोगिताका खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्न एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापा खनाल, एनआरएनए लग्जम्वर्गका अध्यक्ष हरि खत्रीलगायत एनआरएनएका केन्द्रीय प्रवक्ता शिव बरुवालको समेत उपस्थिति थियो ।पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेले गर्नुभएको थियो भने महासचिव रामचन्द्र थापा मगरले सहजिकरण गर्नुभएको थियो ।प्रतियोगितामा भेजेत्वे महासंघकी गालिना र गैरआवासीय नेपाली संघ बेल्जयमका उपाध्यक्ष तीर्थराज धमला लगायत खेलपे्रमी नेपाली तथा विदेशी समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply