जिल्ला प्रहरी म्याग्दीले बागलुङका भल्गर र मोटरसाइकल राईडर प्रभात बसेलमाथिको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मंगलबार आज प्रतिवेदन बुझाउने भएको छ । जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा २४ दिनदेखि हिरातमा रहेका बसेलको म्याग्दी र कास्की प्रहरीमा भएको अनुसन्धानपछि मंगलबार दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रहरीले बयान तथा अनुसन्धानमा उपलब्ध विवरण सहितको घटनाको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अब अदालती प्रक्रियामा प्रवेश गरेको छ । बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको थियो । ‘हामीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाउँदैछौ‘ प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने ।

हिरासतमा लिएको २५ दिनभित्र जिल्ला अदालतमा पेश गर्नुपर्ने छ। बसेलका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिना सर्त रिहाईको माग गर्दै देशैभर प्रर्दशन गरिरहेका छन् ।

१५ दिन भारतको कलकत्तामा दुई जना सँगै बसेर केटीका अभिभावकले स्विकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उपचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको प्रभात पक्षको भनाई छ भने जायरवाली यूवतीका परिवारले भने आरोपको अस्वीकार गदैं आइरहेका छन् ।

सामाजिक सञ्जाल, फोन तथा अन्य विभिन्न माध्यमबाट धम्काउने, निरन्तर मानसिक तनाव दिएपछि प्रहरीमा निवेदन दिएको उनीहरुको भनाई छ । बसेलका साथीहरुले प्रेमसम्बन्धमा रहेकाले आरोप फिर्ता लिई अलग बस्ने वातावरण बनाउन माग गरेका छन्।

पीडित यूवतीलाई आरोपितले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीका दिएकी थिईन् प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।आमाको मृत्यु र बुवाले दोस्रो बिवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए ।

अहिले सामाजिक सञ्जालमा बसेलको न्यायका लागि धेरै आवाज उठेको छ भने अधिकारकर्मीले कानुनी प्रक्रियबाट निस्पक्ष छानविन गरी दुबैलाई न्याय दिन अनुरोध गरेका छन् । दलित अगुवाहरुले जातियताकै अधारमा अलग बनाउन खोजेको बताइरहेका छन् भने पीडित पक्षले जातियभन्दा मानसिक पिडाका कारण कानुनी उपचार खोजेको बताएका छन् । प्रभातको आमा र दुई जना भाईको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो ।

यो दावीलाई भने पीडित यूवतीले ठाडै अस्वीकार गरेकी छन् । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । आमाको मृत्यु र बुवाले दोस्रो बिवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए ।

प्रभातका शुभचिन्तकले अलग भएर बस्ने वातावरण बनाउँदै दुबैलाई आफ्नो भविस्य बनाउन दिने वातावरण बनाउन सार्वजनिक अपिल गरेका छन् । पीडित यूवती र प्रभातको सुन्दर भविस्य रहेकाले दुबैलाई न्याय हुने गरी अगाडी बढ्न अपिल गरेका छन् ।

Leave a Reply