अमृत बास्कुने
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । म्याग्दीमा कार्यरत १८ जना ट्राफिकको स्वास्थ्य परीक्षण गरिएको डाक्टर गोविन्द पोखरेलले जानकारी दिनुभयो ।

बेनी अस्पतालका मेडिकल अधिकृत पोखरेल नेतृत्वको टोलीबाट दन्त परिक्षण डाक्टर मोचन श्रेष्ठले गर्नु भएको थियो भने ल्याब सम्बन्धी परीक्षण ल्याब टेक्नीसियन सिताराम श्रेष्ठले गर्नुभएको थियो । परीक्षणको क्रममा रक्तचाप, ब्लड सुगरको रेण्डम टेष्ट, दन्त परीक्षण गरिएको थियो ।

खुल्ला सडकमा धुलो धुँवामा खटेर काम गर्ने ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै दिगो क्लिनिक प्रालि जलजला गाउँपालिका पर्वत र कोर स्माइल डेण्टल क्लिनिक बेनीको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको थियो ।

Leave a Reply