नक्कली सुन देखाएर ठगी गरेको र सक्कली गरगहना लुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुईजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० कोगटीका ४४ बर्षीय विमल तामाङ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ का ४१ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्।

उनीहरूले गते जेठ ५ गते कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंहचोक, नागिनटोल शिव मन्दिर वरपरका मानिसलाई नक्कली सुन देखाई सक्कली सुनका गरगहना लुट्ने तथा नगद समेत ठगी गरी  फरार भएको भन्ने खबर प्रहरीलाई मिलेको थियो।

त्यसैको आधारमा  जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मिति गत जेठ ३२ मा उनीहरूलाई पोखरा महानगरपालिका–२६ अर्घौचोकबाट पक्राउ गरेको हो।

शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन जस्तो देखिने पहेँलो रङको धातु तीन थान, विभिन्न कम्पनीका मोबाइल तीन थान र नगद पाँच हजार ४०० सहित फेला परेको कास्की प्रहरीले बताएको छ।

उनीहरूमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Leave a Reply