---Advertisement---

तातोपानीमा सौन्दर्य कला सम्बन्धि एक दिने सेमिनार

On: June 18, 2023 11:16 AM
Follow Us:

सौन्दर्य कला ब्यबसायी संघ म्याग्दी र लोटस प्रोफेसनल उत्पादकको आयोजनामा म्याग्दीमा एकदिने सेमिनार सम्न्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका ४ तातोपानी स्थित श्रेष्ठ होटल हट स्प्रिङमा सेमिनार सम्पन्न भएको हो । कार्यक्रममा लोटस प्रोफेसनल कम्पनीका प्रमुख सुकांत सरकारले अहिले हरेक व्यक्ती सौन्दर्यप्रति सचेत हुँदै गएको बताउनुभयो ।

उहाँले सुन्दर देखिने नाममा बुझ्दै नबुझीे जुनपायो त्यहि उत्पादन प्रयोग गर्दा छाला सम्बन्धि धेरै समस्याहरु उत्पन्न हुने बताउनुभयो ।लोटस कम्पनीले छालाका बिशेसज्ञहरुको परामर्शमा सौन्दर्य सम्वन्धी सामग्रीहरु उत्पादन गरिएकोले निर्धक्क भएर प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो कम्पनीले ४६ प्रकारका क्रिम, लगायतका बस्तु उत्पादनगरि बजारमा ल्याएको बताउनुभयो ।

कार्यक्रमा म्याग्दी सौन्दर्य कला ब्यबसायी संघका अध्यक्ष गंगा कार्कीले सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनीका प्रमुख ब्यक्ती नै आएर सौन्दर्य कला व्यवसायीलाई उत्पादन र प्रयोग गर्ने तरिकाको बारेमा प्रयोगात्मक रुपमै बताउदा धेरै प्रभावकारी भएको बताउनुभयो ।

साथै उहाँले यसभन्दा अघि छाला स्याहार र सुरक्षा सम्बन्धि तालिम, स्ट्रेक्स कम्पनीको आयोजनामा एक दिने तालिम, एपीलाइफ हनी कम्पनीको आयोजनामा एकदिने तालिम संचालन गरिएको बताउनुभयो । कार्यक्रमा सहभागी भएका ३६ जना सौन्दर्य व्यवसायीलाई प्रयोगात्मक रुपमा अनुहारको छालामा प्रयोग गरिने क्रिम लगायतका बस्तुको अभ्यास गराइएको थियो । त्यसैगरी, कार्यक्रमम ाधौलागिरी क्षेत्रका वितरक सिभम स्टोर्स बाग्लुंगका सुजन श्रेष्ठ, कम्पनीका प्राबिधिक बिशेसज्ञ निरु उप्रेती र प्राची शर्मा, बजार ब्यबस्थापन प्रबन्धक निरु कुवार, सुमिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।