हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकारको रुपमा परिचय बनाएका म्याग्दीका लोकप्रीय कलाकार रवि कार्की बाग्लुङ पञ्चकोटमा सम्मानित हुनुभएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा लोक दोहोरी गायक कार्कीलाई सम्मान गरिएको हो ।

‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गीत तथा अभिनय गरेर पर्यटकीयस्थल पञ्चकोटलाई विश्वसामु चिनाउन योगदान गरेको भन्दै गायक कार्कीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नगदसहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

इ–नेपाल रोधीघरको युट्युव च्यानलबाट प्रशारण भएको बाग्लुङ पञ्चकोट लाईभ दोहोरीको पहिलो सृङ्खला पञ्चकोटमै पुगेर छायाँकन भएको थियो । आफ्नै सम्झि दिलमा नाम लेख, जाँड खाएको भनेर नहेप जाँड खाएको अभिनय गर्दै कार्कीले गायको यो टुक्काले निकै चर्चा बटुलेको थियो ।

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीले ‘बागलुङ पन्चकोट’ बोलको  भाग ४ सम्म बजारमा ल्याईएको लाईभ दोहोरी दर्शक स्रोताले निकै रुचाएका छन् । इनेपाल खबरको प्रस्तुति रहेको यो दोहोरीमा रविले जडिया क्यारेक्टरमा दोहोरी गाएका थिए। जाँड खाएपछि गाउँघरमा गाइने दोहोरी शैलीमा प्रस्तुत हुने एक जडिया व्यक्तिको भुमिका निर्वाह गरेका रविको क्यारेक्टर र गायनलाई निकै प्रशंसा गरिएको छ। उनी अहिले लाइभदोहोरीमा स्थापित कलाकारलाई नै छायाँमा पारेर अगाडी बढेका छन् ।

नगरपालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै गायक कार्कीले बाग्लुङ नगरपालिका परिवार र ई–नेपाल रोधी घरका निर्माता राजन क्षेत्री लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ । गायक कार्कीका पछिल्लो पटक बजारमा आएका हास्ने बोल्ने गरेको माया बढ्छ, रे रे साईलो, ललिते लगायतका गीतहरु दर्शक श्रोताहरुले रुचाईरहेका छन ।

गीत लेख्ने, मीठो आवाजमा गाउने मात्रै नभएर कमेडी सँगै क्यारेक्टरमा रहेर अब्बल दोहोरी गाउन सक्ने कार्की भर्सटाइल कलाकारको छवी बनाएका छन् । उनले मेलापर्वमा होडबाजी गदैंनन् । विचौलियाबाट कलाकारलाई बेच्ने प्रयासबाट सधै अलग रहेका कार्कीले मेलापर्व र महोत्सवमा आफ्नो रेट अनुसारको अफर भएमात्रै समय दिने गरेका छन् ।

Leave a Reply