म्याग्दी प्रवासी नेपाली संघ मोना यूएईको चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । गएको आइतबार सम्पन्न भएको साधारणसभाबाट सन् २०२३–२५ कार्यकालका लागि सुवास राम्जालीको अध्यक्षतामा नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यसमितिको सचिवमा शर्मिला कार्की र सदस्यहरू होम क्षेत्री राम बहादुर बुढाथोकी बिनोद केसी र हिमाल सुवेदीलाई मनोनीत गर्दै २१ सदस्यीय कार्यसमितिले पुर्णता पाएको महासचिव काजीमान बुढाथोकीले बताए ।

बैठकबाट सल्लाहकारहरुमा प्रमुख सल्लाहकार रुद्र रोका मगर र सल्लाहकारहरु बिक्रम अधिकारी,वेल फगामी भिम कुमार राना र रामचन्द्र शर्मालाई चयन गरिएको छ । कार्यसमितिको पहिलो बैठकको प्रमुख आतिथि मोना आईईसी उपाध्यक्ष मोना युएईका संरक्षक ई नन्द गर्वुजा मगरले थप सफलताको कामना गदैं यूएईमा रहेका म्याग्देली सबैलाई समेट्न अनुरोध गर्नुभयो ।

बैठकमा साधारणसभा समिक्षा तथा विविध बिषयमा छलफल भएको थियो । अध्यक्ष राम्जालीले विगतका कार्यहरुलाई निरन्तरता तथा समस्यामा परेकालाई सहयोग सहित रचनात्मक कार्य गर्ने बताए । उनले आफ्नो कार्यकालमा संस्थागत र सामाजिक कार्यलाई सँगै लैजाने बताए । बैठकको सञ्चालन महासचिव बुढाथोकी मगरले गरेका थिए ।

Leave a Reply