राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा सम्मान गरेको छ । राष्ट्रिय सहकारी बैंकले आफ्नो १९ औ वार्षिक साधारणसभाको अवसरमा घोषणा गरेको उक्त सम्मान हालै एक समारोहका बीच वितरण गरिएको हो ।

बेनी बचतलाई आर्थिक वर्ष २०७८÷०७९ मा शाखा कार्यालय बाग्लुङसँग सदस्य सहकारी संस्थाले गरेको कारोबारको आधारमा शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा प्रशासापत्र प्रदान गरिएको हो । सहकारीका अध्यक्ष रमेश गिरी र प्रबन्धक सज्जन शाक्यलाई राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिका अध्यक्ष केबी उप्रेति र संघीय रजिष्ट्रार नवराज घिमिरेले प्रशसापत्र प्रदान गर्नुभएको थियो । २२ वर्षअघि स्थापना भएको बेनी बचतले सेयर सदस्यहरुलाई बचत, ऋण सुविधाका साथै विभिन्न सामाजिक काममा समेत योगदान गर्दै आएको छ ।

Leave a Reply