हरेक मानिसले जीवनमा सफलता र समृद्धिका लागि नियमित योग गर्नुपर्ने एक कार्यक्रमका बक्ताले बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र विद्यार्थी सहयोग कमिटीको संयुक्त आयोजनामा शनिबार सिड्नीमा आयोजित एकदिने ध्यान, योग र प्रेरणा शिविरमा सफल हुन शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने बताइएको थियो ।

सिड्नीका विभिन्न सअर्वहरुमा रहेका नेपाली विद्यार्थी, अभिभावक र अन्तराष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गर्दै शिविर आयोजना गरिएको थियो ।बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने ध्यान प्रशिक्षक प्रकाश भट्टराईले बताए ।

उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एकघण्टा समय दिनुपर्नेमा जोड दिए । स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउन सक्ने ब्यक्त नै सफल हुने प्रशिक्षक भट्टराईको भनाई थियो ।

त्यस्तै, प्रेरणादायी योगाका विषयमा आचार्य राजन शर्माले प्रशिक्षण दिदै योगका बहुआयामिक फाइदाका विषयमा चर्चा गरेका थिए । सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्कदै गएकाले अध्ययन र कामसँगै बढ्ने मानसिक तनाब कम गर्ने उद्देश्य शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक बद्रीबरुवालले जानकारी दिए ।

‘निकै उत्साहजनक सहभागिता थियो, हामीले नियमित योगसाधानको सम्भावना देखेका छौ,‘घरमै पनि योग गर्न सकिने भएकाले शिविरमा सहभागीलाई थप सहज भएको छ’ शैक्षिक अभियान्ता समेत रहेका बरुवालले भने ।

शिविरमा एनआरएनए न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ, विभिन्न समुदायका अगुवाहरु सहित १ सय भन्दा बढी सहभागिता थियो भने कार्यक्रमको सहजीकरण मदन कोइरालाले गरेका थिए । कार्यक्रमलाई प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको थियो ।

Leave a Reply