नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ बेलायत गएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी जुलाई १ मा रुसमूर सेन्ट्स एफसी अल्डरसटमा हुने ’पाँचौं मोना भलिबल प्रतियोगिता–२०२३’ सहभागी हुन शाही र बानियाँ गएको बिहिबार लण्डन पुगेका हुन् ।

अरुणको नेतृत्वमा नेपाली महिला भलिबलले अन्तराष्ट्रिय उपाधी सहित भलिबल खेलमा चमत्कारी नतिजा निकाल्न सफल भएको छ भने बानियाँको नेतृत्वमा म्याग्दीमा भलिबलको क्षेत्रमा ब्यापक सुधार भएको छ। अरुणा रघुगंगा गाउँपालिका वडा नं ३ पिप्ले र बानियाँ बेनी नगरपालिका वडा नं ९ काउलेगौँडा निवासी हुन् ।

भलिबलको क्षेत्रमा शाही र बानियाँको योगदानको उच्च मुल्याङ्कन गदैं निमन्त्रणा गरिएको मोना यूकेले जनाएको छ । विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने प्रतियोगितामा पुरुष, महिला, भेटेरान्स इभेन्टमा हुनेछ । तीमध्ये पुरुषतर्फ विजेताले १७ सय र उपविजेताले ११ सय, महिलातर्फ विजेताले ११ सय र उपविजेताले ६ सय पाउण्ड पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै, भेरेरान्सतर्फ विजेताले १ हजार र उपविजेताले ६ सय प्राप्त गर्ने छन् ।

सो अवसरमा हुने छेलो प्रतियोगितामा विजेतालाई १ सय ५० पुरस्कार दिइनेछ । मोना यूकेको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष मोना भलिबल प्रतियोगिता हुँदै आएको छ । एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीले महिला प्रथम पुरस्कारका लागि ११ सय पाउन्ड, वाटरमिलन मोर्गेजबाट किरण गुरुङले दोस्रो पुरस्कारका लागि ६ सय पाउन्ड, एनआरएनए यूके ३ सय पाउन्ड अर्जुन पुनबाट २० जर्सी, गोर्खा फोर्स १२ जर्सी, प्रविन राना १० जर्सी, वर्ल्ड रेमिटका कमल गुरुङ र दिलरास गुरुङबाट भेटेरान्सका प्रथम पुरस्कार १ हजार पाउन्ड प्रायोजन गरिने पक्का भएको मोना यूकेले जनाएको छ । प्रतियोगिता सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

Leave a Reply