गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री रेशम जुग्जालीले ‘पुन’ छुट्टै जाती नभएर मगरभित्रको ‘थर’ भएको बताए । आफ्नो सामाजिक सञ्जालमा लेख्दै मन्त्री जुग्जालीले जातिय विभाजनलाई रोक्न सबै एकजुटु हुनुपर्ने बताएका छन् ।

म्याग्दीको प्रदेशसभा ख बाट निर्वाचित भएका जुग्जालीको पुनलाई छुट्टै जातीको मान्यतालाई अस्वीकार गर्ने बताएका छन् ।
राष्ट्रिय तथ्यांक विभाग कार्यालयले यहि जेठ १९ गते जारी गरेको भाषा र धर्म सम्वन्धीको तथ्यांक प्रति मगर संघले विश्वब्यापी विरोध गरिरहेको छ ।

आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मक रुपमा सवै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर पुन भएपनि नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयमा लिखित रुपमा पटक पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको मगर अभियान्ताको भनाई छ ।

इतिहाँस, भूगोल, भाषा, संस्कृति, भेषभुषा, रहनसहन र प्राचिन हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८ सय २७ संख्यालाई मगर जातिको संख्यामा गाभ्न समेत माग गदैं म्याग्दीमा समेत यसअगाडी विरोधका कार्यक्रम आयोजना गरिएको थियो । २०७८ सालको राष्ट्रिय जनगणनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ३ हजार ४ सय १४ र रघुगंगा गाउँपालिका ३ सय ४५ गरि ३ हजार ७ सय ६५ संख्याले जातिमा पुन लेखाएको तथ्यांकमा देखिएको छ ।

 

Leave a Reply