आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिचाई आयोजना निर्माणका लागि रु. चौध करोड भन्दा बढी बजेट बिनियोजन भएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने गरि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले ९५ वटा योजना तथा कार्यक्रमका लागि रु. १४ करोड ३५ लाख बजेट बिनियोजन गरेको हो ।
खानेपानी र सिचाई सुविधा विस्तार तथा कटानको जोखिमयुक्त बस्ति संरक्षणका लागि बजेट बिनियोजन भएको म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको योजनाको विवरण अनुसार आगामी वर्ष म्याग्दीका ११ वटा नदी नियन्त्रण योजनालाई रु. दुई करोड साठी लाख, ्र३५ वटा सिचाई योजनालाई रु. चार करोड ८० लाख र ४९ वटा खानेपानीका योजनालाई रु. छ करोड पचास लाख बिनियोजन भएको छ ।

एउटा एउटा तथा कार्यक्रमका लागि न्युनतम रु. दश लाख देखि अधिकतम रु. ४५ लाख सम्म बजेट बिनियोजन भएको छ। खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीका ९९ वटा योजनाका लागि रु. १२ करोड बजेट बिनियोजन भएको थियो । देशका धेरै जिल्लामा बजेट घटेपनि म्याग्दीमा कार्यान्वयन हुने योजनाका लागि गत वर्षको तुलनामा करिब रु. दुई करोड ५० लाख बजेट बढेको हो ।

बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा म्याग्दी नदी नियन्त्रणमा रु. ४५ लाख, मंगला गाउँपालिकाको सिमलचौर, ताराखेत, बाबियाचौर पिपलबोट क्षेत्रमा म्याग्दी नदी नियन्त्रण, मालिका गाउँपाकिलाको दरवाङ बजार संरक्षण, बेनी नगरपालिका–४ को सिंगा तातोपानी तटबन्ध तथा संरक्षण, मंगला गाउँपालिका म्याग्दी नदी तटबन्धका लागि रु. २५÷२५ लाख र बेनपा ८ कालीपुल बारी जलजला–३ कालीगण्डकी किनारमा पहिरो र कटान संरक्षणका लागि रु. तीस लाख बिनियोजन भएको छ ।

बेनपा–४ को नयाँपुल सुर्केमेला म्याग्दी खोला बस्ती संरक्षणका लागि रु. २० लाख, मंगला–२ सिम बगर म्याग्दी नदीमा तटबन्ध, उपल्लो तातोपानी बजार संरक्षण, बेनपा–२ को कारागार भवन तथा बस्ती संरक्षण तटबन्धका लागि रु. दश÷दश लाखका दरले बिनियोजन भएको छ ।

सिचाई तर्फ रघुगंगा–१ को बादुक, बेनपा–१ र २ को अधेरीखोला ठूलोखोला सिदाली बरडाडा सिचाई कुलो, मालिका–५ को गौराखोला, बेनपा–४ को सामतुङ सिचाई आयोजना र सिचाई प्रणालीहरुको मर्मत सुधार कार्यक्रमका लागि रु. २०÷२० लाख बजेट बिनियोजन भएको छ ।

रु. १५ लाखका दरले बजेट बिनियोजन हुनेमा मंगला–५ को हिल्वाङखोला खोरलाई , मालिका–४ को फुलबारी, धवलागिरी–७ को हिलापोखरी, बेनपा–९ को पहेलेखोला थाकन बृहत, बेनपा–५ को कुमाल्डी, मालिका–७ को नौलिस्नेखोला सिचाई आयोजना रहेका छन् ।

मंगला–३ को झ्याम्टे खोला मैरनी साँझादह, मंगला–२ को रणवाङ, रघुगंगा–३ को राखु पिप्ले, मंगला–५ को महखोला, मंगला–२ को तल्लो ओखलढुङ्गा गडहरेखोला, मालिका–४ को फुलबारी, मंगला–३ को पखेर, रघुगंगा–४ को दर्मिजा सिचाई योजनालाई रु. दश÷दश लाख र बेनपा–१ को २०२३ साले सिचाई कुलोलाई रु. १२ लाख बिनियोजन भएको छ ।
बेनी–४ को मथुराखोला फापरचौर, रघुगंगा–२ को चुनपोल्ने ठाडीखोरीया पहिरा, मंगला–३ को झ्याप्रे बिसौनी, मालिका–३ को छेरवाङखोला औल, मंगला–५ को पोक शेराफाँट, मालिका–१ को खोप्टीखोला, मंगला–५ को छिस्वाङ, मालिका–७ को बेल्फी लुर्वाङ, मंगला २ को तोराखेत, मालिका ४ को बुकेनी, बेनपा–१ को तेइससाले सिचाई कुलो मर्मत, बेनपा–२ को बगरफाँट लिफ्ट, मालिका–१ को केश, मंगला–२ को घोरेनी कोत्रवाङ सिम, बेनपा १ को उपल्लोचौर नहर तथा संरचना निर्माण, रघुगंगा–१ को बेगखोला सिचाई आयोजनालाई रु. दश÷दश लाखका दरले बजेट बिनियोजन भएको छ ।

खानेपानीतर्फ मंगला– १ को कुहुँलाई रु. ३० लाख, रघुगंगा–२ को बनाखी, रिसिनचौतारी गुल्फु, बरखर्क एक घर एक धारा, बाङ्गेधारा, रघुगंगाको चिमखोला भगवती पिप्ले बृहत, मंगला–३ को जुकेपानी निहुँखोला बनाहा आल्टे, भकिम्ली एक घर एक धारा, खानेपानी आयोजनालाई रु. २०÷२० लाख बिनियोजन भएको छ । बेनी–५ लिफ्ट, बेनपा ९ को घतान काउलेगौडा खानेपानी आयोजना र रघुगंगा–२ को सिजलगाउँ चुनेपानी खानेपानी आयोजनालाई रु. १५÷१५ लाख बिनियोजन भएको छ ।

बेनपा–३ को डाडाखानी, भुकभुके, बेनपा–९ ढावाको सौरबोट, अन्नपूर्ण गाउँपाकिलाको लहरेनी पाउद्धार, बेनपा–९ को खसपधेरा, रघुगंगा–२ को रुइसेटोल खानेपानी सुधार, रघुगंगा ६ को फुलडाडा औलागाउँ, रघुगंगा ३ को पिप्ले, मंगला–३ को याङगुङ, बेनपा ३ को डाडाखानी खानेपानी मर्मत, मंगला १ को काउले खानेपानी मर्मत, मंगला ३ र ४ को सेफल काल्ला धारो ढुंगा, मालिका १ को दासटोल, मालिका–५ को देविस्थान, मालिका–६ को दरवाङ, मालिका ५ को गरजरा, मंगला–५ को छिसवाङ, बेनपा ४ के डाडाखेत, अन्नपूर्ण ५ को तल्लो र उपल्लो शिख, बेनपा–६ को अमराई, बेनपा १० को ओखले, बेनपा ४ को भालुदुला, बेनपा १० को नेपाने र रघुगंगा ४ को दग्नाम खानेपानी आयोजनालाई रु. दश÷दश लाखका दरले बिनियोजन भएको छ ।

Leave a Reply