क्रोयसियाको कोका कम्पनीद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोयसिया प्रथम भएको छ । जुन २५ तारिख (हिजो) सम्पन्न भएको खेलमा प्रथम स्थान हाँसिल गर्दै मोना क्रोयसियाले नगद रु ३ सय ५० युरो सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार हात पारको छ ।

संस्थाका प्रमुख सल्लाहकार तेज सुन्दास, महासचिव रुपेश सुन्दास सहितको मोनाको टिमले उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम भएको हो । मोना क्रोयसियाको खेलकुद संयोजक समेत रहनुभएका सुनिल सुन्दासको कप्तानीमा मैदानमा उत्रिएको मोनाको टिमले सुरुदेखिनै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

सुन्दास प्रतियोगिताको उत्कृष्ट खेलाडि समेत घोषित हुनुभएको छ । सुनिल सुन्दासको कप्तानीमा रहेको मोनाका खेलाडिहरुमा रमेश परियार, विनोद सुन्दास, सरोज रत्न, सुजन बैद्दे, पुष्कर मगर, विनोद बाग्दास रहेका थिए । यातायात संयोजकमा खेम कुमार परियार रहनुभएको थियो ।

यो भलिबल प्रतियोगिता क्रोयसियामा पहिलो पटक आयोजना भएको हो । निकट भविस्यमै मोना क्रोयसियाले पनि स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको मोना क्रोयसियाका अध्यक्ष रामकृष्ण शर्माले बताउनुभयो ।

करिव १४ हजारको हाराहारीमा नेपालीहरु रहेको क्रोयसियामा हाल सम्म गैर आवासीय नेपाली संघ (एनआरएनए) पछिको दोस्रो संगठित नेपाली संस्थाको रुपमा मोना क्रोयसिया रहेको शर्माले बताउनुभयो । क्रोयसियामा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने, भावनात्मक एकता कायम गर्ने तथा जिल्लाका विपद तथा अन्य सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले मोना क्रोयसिया स्थापना गरिएको अध्यक्ष शर्माको भनाई छ ।

Leave a Reply