गम्भीर र जटिल विषय बनेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको दुई वडाको सीमा विवाद अन्तत समाधान भएको छ। लामो आन्दोलन र छलफलबाट अन्नपुर्ण–१ दोबा र २ भुरुङ तातोपानीको बषौंदेखिको सीमा क्षेत्रमा पर्ने बस्ती, खेतीयोग्य जमिन, वन र चरन क्षेत्रको उपभोगमा देखिएको विवादसमाधान भएको हो ।

दोवाको करिब ३०–४० प्रतिशतको हाराहारीको जमिन भुरुङ तातोपानीको नक्सामा समेटेदेखि चर्किएको विवाद तथ्य, प्रमाणको आधारमा गाउँपालिकाको कार्यालयमा भएको गाउँसभाबाटविवाद समाधान गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘विवाद समाधान भएको हो, यहाँ भएको सहमतिको सबै प्रमाण सहित नक्सा संसोधानका लागि पठाउँदैछौ’ उनले भने । आइतबार दुबै वडाबासीको भेला र छलफलमा भएको सहमतिलाई टेकेर समाधान गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, दोबाका वडाध्यक्ष दिलीप गर्बुजा, भुरुङका वडाध्यक्ष ओम फगामी, जिसस सदस्य देव गर्बुजा र दुवै वडाका जनप्रतिनिधिहरूको संयुक्त बैठकले सीमा विवादलाई अब नबल्झिने गरी सहमतिमा टुङ्गो लगाएको हो । सीमा जोडिएका वडाको विवाद समाधान भएको गाउँपालिका अध्यक्ष पुनले बताए । उनले सीमा विवादले समुदायभित्र नै नकारात्मक सन्देश प्रभाव भएको अवस्थामा अव सहज हुने बताए ।

वि.सं. २०४६–०४७ मा तत्कालीन समयमा गाविस विभाजन हुँदा दोबाका बासिन्दा बसोबास गर्दै आएको सुनारी, पूर्णगाउँ, खलम्पा, अर्जम, बास्बोट बस्ती, जग्गा र लेकको चरन तथा वन क्षेत्र प्राविधिक त्रुटिका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएपछि आन्दोलनमा होमिएको दोवाका यूवा गोपाल पूर्जाले बताए ।‘नयाँ संरचनाले लुटेको जमिन फिर्ता भएपछि उत्साहित छौ,’सधैको लागि विवाद अन्त्यका लागि भएको सहमतिबाट उत्साहित छौ’ उनले भने ।

दोबाबासीले आफ्नो जमीन, बस्ती र जंगल नै नक्साबाट गायव भएपछि निर्णायक आन्दोलन भन्दै असार ८ गते शुक्रबार दोबाका स्थानीयहरूले अन्नपूर्ण गाउँपालिकाको कार्यालयमा नाराबाजी सहित प्रदर्शन गरेका थिए ।बि.स २०७४ कात्तिक १९ गते गरेको सहमति कार्यान्वयन गर्ने निर्णय भएपछि आन्दोलन समेत रोकिएको थियो ।

नक्साको त्रुटि सच्चाएर नयाँ बनाउन विशेष गाउँ सभाबाट निर्णय गरी संघीय सरकारसँग प्रक्रिया अघि बढाउने र दुई वडाको विकास योजनाका लागि बजेट विनियोजनमा भूगोलको आधार नभएर हालकै अनुपातलाई आधार मान्ने सहमति समेत भएको गाउँपालिकाले जनाएको छ । दोवाको बस्ती र जमिन फिर्तासँगै भोकचलन गदैं आएको जंगलको स्वामित्व दोवामा हुने र सीमा क्षेत्रको जङ्गल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमति भएको छ ।

Leave a Reply