म्याग्दी प्रबासी नेपाली संघ (मोना) अमेरिकाको दोश्रो अधिबेशनबाट २०२३–२५ कार्यकालको लागी सुभाष भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्ष राजेन्द्र केसी,उपाध्यक्ष बिराट श्रेष्ठ,उपाध्यक्ष तारा गौचन, उपाध्यक्ष संजिब बानियाँ,महासचिव राहुल केसी, सचिब बीरेन्द्र कुमार चन्द,कोषाध्यक्ष सिता पुन, सहकोषाध्यक्ष प्रेम छन्त्याल,महिला संयोजक कला केसी, रहेका छन् ।

त्यसैगरी बोर्ड अफ डाईकेक्टर केश पुन,टिका रिजाल,ओमप्रकाश केसी सुदिप केसी, शिव छन्त्याल,अरुण भण्डारी,अनिस भण्डारी रहेको मोना अमेरिकाले जनाएको छ । अधिवेशनको उद्घाटन गदैै मोना अन्तराष्ट्रियका अध्यक्ष अम्मर छन्त्यालले प्रवासमा रहेका म्याग्देली बिचको एकता र सहकार्यका लागि मोनामा आवद्ध हुन समेत अनुरोध गरे । उनले मोनामार्फत म्याग्दीमा रचनात्मक कार्य भएको र राष्ट्रिय समितिमार्फत समेत कार्यहरु निरन्तर भइरहेको बताए ।

 

 

Leave a Reply