दोहा, कतार : कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सञ्चालन गरेको चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै संघले म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा स्थापना गरेको मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धिका लागि सञ्चालन गरेको चिठ्ठाको नतिजा सार्वजनिक गरेको हो ।

No description available.

संघ कतारका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा संस्थापक अध्यक्ष प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत तथा चिठ्ठा कार्यक्रमको उद्देश्यका बारेमा प्रस्ट पारेका थिए ।No description available.

सार्वजनिक गरिएको नतिजाअनुसार सान्त्वना पुरस्कारअन्तर्गत रहेका १० वटा स्मार्ट वाच क्रमशः आरती सुनार टिकट नम्बर १४०४, भिथ सेभेन टिकट नम्बर९१६, योगीन मगर टिकट नम्बर ६५७, अर्जुन कँडेल टिकट नम्बर १६९, हरि बजगाईं टिकट नम्बर ८८२, भोजराज श्रेष्ठ टिकट नम्बर ५८०, बागलुङ सेवा समाज कतार टिकट नम्बर ४८७, देवीराम महतो टिकट नम्बर १४१, सविना चोखाल टिकट नम्बर ५५२ र सुरज घर्ती टिकट नम्बर ६६२ ले जितेका छन् । त्यस्तै दोस्रो पुरस्कारअन्तर्गतको ३२ इन्चको स्मार्ट टिभी भिलास मूर्खे टिकट नम्बर ६०३ ले जिते भने चिठ्ठा कार्यक्रमका विजेता रिया पौडल टिकट नम्बर ७४ रहेकी छिन् ।

No description available.

कार्यक्रममा बोल्दै बहुउद्देश्यीय अक्षयकोषका संरक्षक सदस्य अजय विकले मोनाले जिल्लामा गरेका कामको प्रशंसा गरे । सम्पूर्ण सल्लाहकारका तर्फबाट शुभकामना मन्तव्य राख्दै प्रमुख सल्लाहकार नरेन्द्र फगामीले संघले सदैव सकारात्मक काम गरेको स्मरण गर्दै संस्थालाई चलायमान राख्न चिठ्ठा कार्यक्रम सञ्चालन गरिएको बताए ।

आफ्नो शुभकामना मन्तव्यका क्रममा बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्कीले कतार तथा जिल्लामा चन्दा अभियान सदाका लागी बन्द गर्दै कोषका माध्यमबाट आवश्यक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको बताए । उनले जन्मदिनलगायतमा गरिने फजुल खर्च कटाएर कोषमा सहयोग गर्न आग्रह गरे । कोषले छिट्टै म्याग्दीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी दिए । प्रमुख अतिथि रसाइलीले कतारमा समस्यामा परेका म्याग्देलीहरुका लागि पनि केही अलग्गै कोषको सञ्चालन गर्न आग्रह गर्दै आफू श्रमिकका हितका लागि हदैसम्मको सहयोग गर्न तयार रहेको बताए ।

चिठ्ठाका विजेताहरूलाई बधाई दिँदै सभापति पौडेलले जिल्लाको दीर्घकालीन विकास र सहयोगको योजनाअन्तर्गत कोषको स्थापना गरिएको बताउँदै विश्वभर म्याग्दीलेलाई आजीवन सदस्यता लिएर कोषमा जोडिन आग्रह गरे । उनले संस्थालाई सबैको साझा बनाउन आफू लागिपरेको बताउँदै संस्थामै आवद्ध हुन र सामाजिक कार्यमा हात मिलाउनसमेत आग्रह गरे । कार्यक्रममा कार्यवाहक महासचिव कृष्ण शर्माले सहजीकरण गरेका थिए ।

Leave a Reply