---Advertisement---

बावियाचौरमा दुईदिने उद्घोषण,भाषणकला तालिम समापन

On: June 30, 2023 10:46 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ । बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन भएको तालिममा बंरजा, कुहुँ र बावियाचौरका १५ जनाको सहभागिता रहेको थियो ।

तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिपको अभ्यास लगायत विभिन्न विषयमा केन्द्रित भएर पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।तालिमका प्रशिक्षाथी दुर्गा खत्री र रमिला पाइजाले आफूँलाई मनमा लागेको कुरा समूहमा राख्न सक्ने भएको बताउनुभएको थियो ।

तालिमको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले ब्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ती भएकाले निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेल, शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँ,मंगला शिक्षा क्याम्पसका प्रमुख प्रितमबहादुर खत्रीलेअझै पनि बोल्ने कलाको विकास हुन नसक्दा विभिन्न अवसरबाट बन्चित हुनुपरेको अवस्थामा तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

तालिमको अध्यक्षत मालिका सामुदायिक सिकाई केन्द्र कुहुँकी टकमायाँ पुन र सञ्चालन बरंजा सामुदायिक सिकाई केन्द्रकी सहजकर्ता रमा क्षत्रीले गर्नुभएको थियो । गाउँघरमा अहिले पनि बोल्ने कलाको अभ्यास नहुदाँ महिलाहरूलाई विभिन्न संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट बन्चित गराउने गरिएकाले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।