मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिइने असारको दोस्रो साता विते पछि बल्ल म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के झरी र चर्को घामको पर्वाह नगरी म्याग्दीका ग्रामिण क्षेत्रमा किसानहरुले रोपाइँ गरिरहेका छन् ।

किसानहरु रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनिटेलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छोडेको छ ।

“पहिला पहिला धान राम्रो फलोस भनेर बराहा र सीमे भुमेलाई पूजा गरी विऊ चढाएर रोपाहारहरुले असारे गीतका भाकासंगै धान रोप्न सुरु गर्दथे” बेनी नगरपालिका २ बगरफाँटका ८६ वर्षिय बेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुराहरु हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ चलिरहेको छ । तर न हजो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइन्जेल ।।’

लोक गायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन् ।
आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भएपनि किसानका खेतहरु अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि प्रर्याप्त वर्षा नभएकाले न किसानहरु रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ ।

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइमा दिनभर थाकेको बाउसे र रोपाराहरु एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुख कष्ट र थकाई विर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउदा सुन्नेहरु पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरु अब इतिहाँस नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।

पहिला असारे गीत असार सुरु हुने बित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भैसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताउनुभयो ।
मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिले जस्तो उल्लास आजकल पाइन छोडेको थापाले बताउनुभयो । आजकल मेला हिड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बुढापाकाहरु बताउँछन् ।

नयाँ पिढीहरुलाई असारे गीत गाउन आउदा पनि आउँदैन् । रोपाइका बेला विउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्नि हुँदा उत्सव जस्तै मानिने असारे रोपाईको रौनक घटेको मंगला गाउँपालिका २ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

पछिल्लो सयममा रोपाईको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गाएक तथा नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महतले बताउनुभयो । “रोपाईमा त सुनिन छाड्यो, छाड्यो, आजभोली रेडियो,टिभीबाट समेत गीत सुनिदैन,” महतले भन्नुभयो ।
पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण संग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारहरुले सांस्कृतिक गीत भन्दा पनि व्यवसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताउनुभयो । दाईको बेला गाइने गीत र संस्कारको संरक्षण हुन सक्यो भने यसले धान खेती र दाई गर्ने किसानको पनि हौसला बढ्ने उहाँको भनाइ छ ।

नेपाली लोक गीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतहरुको संरक्षण र सम्वद्र्धन भने हुन सकेको छैन । जसले गर्दा आफ्नो संस्कृतिमुलक गीतहरु लोप हुँदैछन् । यस्ता गीतहरुलाई संरक्षण गर्न अति आवश्यक रहेको बूढापाकाहरुको भनाइ रहेको छ ।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकोमा पाका नागरिकहरु चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनिट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमे भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारहरुले असारे गीतको भाकासँगै धान रोप्न शुरु गर्दथे,” बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”

‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’

यस्तै–यस्तै शब्दहरुमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षिया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके” शर्माले भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो,” बेनी नगरपालिका ४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।”
कृषिसँग नेपालीहरुको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलनहरु भएका बूढापाकाहरु बताउँछन् । यिनै प्रचलनहरुको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश श्रेष्ठले बताउनुभयो ।

असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

‘लेकको चरी बेसीमा झर्यो पाकेको बर खान
हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असार मास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’

Leave a Reply