म्याग्दीको बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीका अभिभावकहरुलाई  अभिमुखीकरण गरिएको छ । विद्यालयको आयोजनामा बालबालिकाको सर्वाङगीण विकासको निम्ती अभिभावकको भूमिका विषय एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षक रमेश अर्याल र सरस्वति अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

बालबालिकाहरुको मनोवैज्ञानिक बुझेर उनिहरुलाई पढाईप्रति लगनशिल, इमान्दार, नैतिकवान, चरित्रवान बनाउन अभिभावकले खेल्नुपर्ने भूमिकाको विषयमा अर्यालले जानकारी गराउनुभएको थियो । विद्यालयमा शिक्षा र घरमा असल संस्कारको अभ्यास कसरी गर्ने तथा सकारात्मक सोचको विकास कसरी गराउने भन्ने विषयमा अर्यालको प्रशिक्षण केन्द्रित थियो ।

अर्का प्रशिक्षक अधिकारीले बालबालिकाहरुको क्षमताको पहिचान गरेर अवसरको सदुपयोग गर्ने वातावण निर्माण र लक्ष्यमा पुग्न सहजिकरण गर्ने भूमिका अभिभावकको हुने बताउनुभयो । विद्यालयका दुई सय जना भन्दा बढी अभिभावकहरु कार्यक्रममा सहभागि भएका थिए । जिवनउपयोगी र सकारात्मक सोच सम्बन्धी विषयमा पनि सहजिकरण गरिएको थियो ।

लिटिल गार्डेन एकेडेमीको अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटाले विद्यालयको मात्र नर नपरी घरमा अध्ययन गर्ने, असल आचारण र संस्कार सिकाउने अभिभावकको भूमिकाको बारेमा स्पष्ट पार्न कार्यक्रम उपयोगी भएको बताउनुभयो ।

बालबालिकाहरुको सर्वागिण विकासमा अभिभावकहरुलाई पनि जिम्मेवार र सक्रीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो ।

विद्यालयका प्रिन्सीपल दिपक सुबेदीको अध्यक्षता, प्राज्ञिक सल्लाहकार प्रेम जिसीको सञ्चालन र शिक्षक नगेन्द्र प्रसाद गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु प्रान्सु जिसी र प्रसिस रिजालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply