म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा पाँचौं मोना भलिबल प्रतियोगिता–२०२३ सानदार तरिकाले सम्पन्न भएको छ । म्याग्देलीको साझा संस्था मोना यूकेले रुसमूर सेन्ट्स एफसी अल्डरसटमा शनिबार भएको प्रतियोगिता पुरुष, महिला, भेटेरान्स इभेन्टमा उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनलमा केन्ट भलिबल क्लब युकेलाई हराउँदै अल्डरसट भलिबल क्लब युकेले पुरुषतर्फको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन अल्डरसट भलिबल क्लब हो ।

महिलातर्फ सालिजा गाविसले उपाधि जित्यो । फाइनलमा मोना भलिबल क्लब युकेको चुनौती पन्छाउँदै सालिजा प्रथम भएको छ । यसैगरी, भेटेरान्सतर्फ छन्त्याल एसोसिएसन युके विजयी भएको छ भने फाइनलमा मोनालाई उपविजेतामा सिमित राख्दै उपाधी जितेको हो ।

पुरुषतर्फ बेस्ट प्लेयर अल्डरसटका भलिबल क्लबका विशाल थापा घोषित भए भने महिलातर्फ सालिजाकी चनु पुन र भेटेरान्सतर्फ छन्त्याल एसोसिएसन युकेका चौमान बराल उत्कृष्ट खेलाडी बनेका थिए । कार्यक्रममा आयोजित ठेलो प्रतियोगितामा अल्डरसटका बसन्त आले विजयी भए ।

पुरुषतर्फ विजेताले १७ सय र उपविजेताले ११ सय, महिलातर्फ विजेताले ११ सय र उपविजेताले ६ सय पाउण्ड पुरस्कार प्राप्त गरे । यस्तै, भेटेरान्सतर्फ विजेताले १ हजार र उपविजेताले ६ सय प्राप्त गरे । ठेलो प्रतियोगितामा विजेतालाई १ सय ५० पुरस्कार प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर र काउन्सिलर नेम थापाले पुरस्कार वितरण गरेका थिए ।

भलिबलमा पुरुषतर्फ १४, महिला र भेटेरान्समा ८÷८ टिमले भाग लिएको मोना यूकेका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रम संयोजक लालु पुनले बताए । ‘यो प्रतियोगिताले हामीलाई एतिहाँसिक सम्झना दिलाउने छ,‘सोचेभन्दा पनि धेरै राम्रो भएको छ’ पुनले भने । उनले प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रतियोगितामा पुरुषतर्फ संस्थाका पूर्व उपाध्यक्ष होम रोका, महिलातर्फ उपाध्यक्ष पदम र भेटेरान्समा वरिष्ठ उपाध्यक्ष लालु पुनले शिल्ड प्रायोजन गरेका थिए ।

महिलातर्फ मोना अन्तराष्ट्रियका पुर्व अध्यक्ष एवम् एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्री÷रीताले प्रथम पुरस्कार १ हजार १ सय पाउण्ड, वाटर मेलोन मोर्टेज किरण गुरुङले दोस्रो पुरस्कार प्रायोजन गरे । भेटेरान्सतर्फ वल्र्ड रेमिटले प्रथम पुरस्कार र दिलरास गुरुङ र कमल गुरुङले प्रायोजन गरेका हुन् ।

ठेलोमा कुसुमुसु सुसी वार फ्लीट अजय थापाले स्पोन्सर गरे ।पाँचौं मोना भलिबल प्रतियोगिताका लागि नेपालबाट म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ र नेपाली राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको सहभागीताले थप चहलपहल भएको थियो । तस्वीर सौजन्य र्गोखा मिडिया, मिलन तमु

Leave a Reply