एनआरएनए सेन्दाई क्षेत्रीय समिति जापानको सचिवमा म्याग्दीका प्रकाश विश्वकर्मा निर्वाचित भएका छन् । बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका विश्वककर्माले ८१ मत पाउँदा उनका प्रतिस्पर्धी राम चौलागाईले ४४ मत र जितेन्द्र हमालले २ मत प्राप्त गरेका थिए । तेस्रो अधिवेशनबाट संयोजकमा सन्दिप जिसी, उपसंयोजकमा आशिष गुरुङ, सहसचिव छिरिङ ग्यावा तामाङ, शिव कुमार भण्डारी, कोषाध्यक्ष शिरबहादुर काउचा, सहकोषाध्यक्ष दिपक तामाङ विजय भएका छन् ।

समितिको कार्यसमिति सदस्यहरुमा कुमार पौडेल, राजन ढकाल।,तेज प्रसाद दहाल,राजेश खनाल, सुमन लामिछाने रहेका छन् । नवनिर्वाचत सचिव विश्वकर्माले सेन्दाईमा रहेका म्याग्देली सहित नेपालीलाई एनआरएनएमार्फत गर्न सक्ने सबै सहयोग गर्ने बताए । उनले म्याग्देलीको एकताले समेत निर्वाचनमा विजयका लागि सहज भएको भन्दै म्याग्देली आवद्ध मोना लगायतका संस्थालाई समेत धन्यवाद दिए ।

Leave a Reply