केही समय अगाडीसम्म बेवारिसे लास जल्ने पशुपतिको ब्यस्त आर्यघाट आजभोली सुनसान छ। आजभोली त्यहाँ बेवारिसे लासहरु जल्दैनन तर ती आर्यघाटमा बेवारिसे लास जलाउने सपना रोका मगरका सपनाहरु दिनदिनै जलिरहेछ। बिबिसीले सन् २०२० मा १०० जना शक्तिशाली महिलाहरुको सूची सार्बजनिक गर्दा सपना रोका मगरको नाम पनि समेत समावेश थियो ।
त्यो सूचीमा परेसङ्गै सपनाको फोटो पत्रपत्रिका युट्युबहरु जताततै छ्याप्छ्याप्ती छापिए। सबैको सामाजिक सञ्जाल उनैको गुनगानले भर्थे। सपनाको खोजी ब्यपक भयो। मलाई नि लाग्थ्यो उनी भन्दा भाग्यमानी अरु कोही छैन। संसारकै शक्तिशाली महिलाको सूचीमा परेकी सपना कस्तो होलिन् भनेर आकलन गर्ने भेट्ने ईच्छा सबैको हुन्थ्यो। त्यही भएर उनको खोजी गर्ने भिड बाक्लो थियो।
पशुपति आर्यघाट नजिक सपनालाई नै खोज्नेहरुको भिड हुन्थ्यो। पत्रकारहरु उहाको एकशब्द सुन्न र आफ्नो च्यानलमा राख्न दिनभरी कुरेर बस्थे। आज भोलि त्यस्तो ती भिड हराउदै गए। सपना आर्यघाट जान बिस्तारै छोडिन । सपनालाई भेट्न पाईन्छ कि भनेर आर्यघाट पुगेका उनका शुभेच्छुकहरु सपना नदेखेर निराश भएर फर्किन्छन।
हिजो पो सपनाको नाम थियो सबैको प्यारो थिईन तर आज सपना आफै समस्यामा छिन त्यसैले कसैले सोधिखोजी गर्दैनन। गरोस पनि किन उनको औचित्य सकियो गर्नुपर्ने कर्म गरिन देशलाई चिनाउने प्रयासमा लागिन् । अब उनको जरुरत कसलाई छ र यो दुनियाँमा। सपनाको खोजी गर्ने त्यो भिडभित्र म पात्र “यात्री “ पनि एक थिए।
सपना कसरी र किन हराईन? को हुन सपना रोका? उनको कथा यहीबाट सुरु गरौ। तपाई धैर्यता नगुमाई सपनालाई चिन्न प्रयास गर्नुहोस। सपना २०५८÷०७÷०१ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा नं ४ बुकेनीमा आमा नरमाया मगर र बुबा जित बहादुर मगरको तेश्रो र अन्तिम सन्तानको रुपमा जन्मिएकी हुन। बिकट पहाडी गाउँको सामान्य परिवारमा जन्मिएका सपनाका एक दाई र एक दिदी छन।
सानैमा गाउको महेन्द्र माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेकी रोका दिमागमा तेजिलो थिईन। कक्षा दशसम्म अध्यायन पूरा गर्दा कहिल्यै दोश्रो नभएकी उनी भविस्यमा डाक्टर भएर बिरामीको सेवा गर्ने सपना देख्थिन। १४ वर्षको कलिलो उमेरमा नै माविसम्मको औपचारिक शिक्षा सकेर गाउँ देखि सदरमुकाम बेनि झरिन। बेनी सामुदायिक माविमा मा ब्यवस्थापन संकाय लिएर उच्च शिक्षा सुरु गरिन्।
सानै देखि ठूलो सोच बोकेर डाक्टर बनेर आफ्नै तलबबाट गरिब बिरामीको निःशुल्क उपचार गर्ने सपना देखेका उनी आफ्नै सपनाका हत्यारा हुन। उनको आर्थिक अवस्था बुझेर डाक्टर बन्ने सपना मारेर ब्यवस्थापन विषय पढेका थिए। कोमल हृदय, सफा मन, जोसंग पनि असल व्यबहार गर्ने उनी संग एउटा कमजोरी थियो। त्यो हो उनी सबैलाई आफै जस्तो ईमानदार सम्झिन्थिन र आखाँ चिम्लेर विश्वास गर्थिन। १४ वर्षको कलिलो उमेरमा कसैको विश्वासमा परेर नमिठो धोका पाईन।
विश्वास गरेको साथीबाट नै कल्पनै नगरेको धोका पाएपछि उनी बुटवलको सडकमा पुगिन्। त्यसपछिको उनको गास र बास नै चार महिनासम्म बुटवलको सडक र गल्लिहरुमा हुनपुग्यो। कहिले मन्दिर भित्र त कहिले सडकको गल्लिहरुमा मागेर दिन बिताउथिन्। यो उनको जीवनको सबै भन्दा ठूलो सिकाई पनि थियो। यसो हुनुमा उनी कसैलाई दोष दिन्नन् आफ्नो भाग्यको लेखान्त र आफ्नै दोष हो सम्झिन्छिन्।
यसरी बाटोमा बसेर माग्नुको पछाडी पेटपाला मात्र हैन कम्तिमा गाडी भाडा मात्र जम्मा भए पनि टिकट काटेर आमा बाबु भएको ठाउसम्म पुग्नु थियो तर त्यो सपना कहिल्यै पूरा भएन। सडकमा माग्न थालेको ४ महिना भै सक्यो न बस्न पाए न खाना पाए। दिनभरी कहिले मन्दिर त कहिले सडकमा मागेर बसेका उनलाई रात परेपछी छट्पटी सुरुहुन्थ्यो। रातमा कुलतमा फसेका युवाहरुको भिड लाग्ने बुटवलमा सहरमा उनलाई आफुलाई बचाउन गाह्रो थियो। रातीराती उनलाई सडकमा देखेर अनेकन पटक बलात्कारको प्रयास भए।
कहिले मारिने कहिले के हुने कुनै ठेगान थिएन। ती पापीहरुको पन्जाबाट बच्न प्रयास गर्दा, फुत्किन खोज्दा उनका शरीरमा ती अपराधीहरुको नङग्राहरुले बनाएको घाउहरु अझै छ। ती घाउका डोपहरु मेट्न अहिले उनले ट्याटु हानेकी छिन। ट्याटु हानेर समाजको अगाडि घाउ लुकाउन सकिएला तर सपनाको मनमा लागेको घाउ कहिल्यै निको हुने छैन।
बुटवलको असुरक्षित र गलत ब्यक्तिहरुको निशानबाट जोगिन मागेर जम्मा गरेका १ सय ५० रुपैयाँ लिएर गाडीवालालाई बुटवलबाट बेनीमा आफ्नो मान्छे छ भन्दै टिकट नै नलिई बेनीसम्म आउँदा दिदीभिनाजुलाई भेट्न जाँदा एकसरो कपडा किनेर पुरानै सपना बनाउँदै घर पठाए । घरमा आमा बुबाको साथमा पुग्दा खुसी त मिल्थ्यो नै तर बिगतको घटनाले बिछिप्त भईन। अब के गर्ने यसरी त हुन्न भनेर काठमाडौ हानिन्।
उनले लकडाउनमा सडकमा बसेकालाई भात खुवाइन् । कोरोनाले कहिले मरिन्छ बाचिन्छ वास्ता नगरी र कुनै स्वार्थ नराखी बेवारिसे लास ब्यवस्थापन गरीरहेको बेला उनको कामको मुल्यांकन गरेर नेपाली बिबिसी सेवाका नेपालका प्रतिनिधिले उनको केही प्रमाण जम्मा गरेर शक्तिशाली महिलाको सुचिको लागि पठाएका रहेछन।
कोरोना हटेर गयो तर कोरोना संगै तहसनहस भएको अर्थतन्त्र हटेन, सहयोगी हातहरु खाली हुँदै गयो। साथीहरु एकपछी अर्को टाढिदै गए। कामको चाप झन बढ्दै गयो। सहज भएपछी तिरौला भनेर लास व्यवस्थापन गर्न काडेको ऋण अहिले ८÷९ लाख पुगिसकेछ। ऋण माग्नेले गाह्रो बनाईराको छ।
ऋण तिर्न सकेकी छैनन् । बेवारिसे लासको अभिभावक बनेर संसारले चिनेक तर नेपालले नचिनेका, सबैको लागि प्रेरणाको श्रोत बनेका उनी आज आफै बेवारिसे पात्र बन्दै छिन। दैनिक बेवारिसे लास ब्यवस्थापनको लागि कल आउँछ कसरी व्यवस्थापन गर्ने? सहयोग आउने बाटो सबै बन्द भएको छ। आस गर्ने र भरोसा गर्ने ठाउँ छैन न माग्ने ठाउँ छ। नेपालीमा एउटा उखान छ ओरालो लागेको मृगलाई बाछोले पनि लख्ट्छ रे भने झै भएकी छिन सपना।
म पात्र र सपनाको भेट
मैले सपनालाई भेट्न चाहेको अलिक पहिला देखि नै थियो। मैले उनलाई भेट्न बार बार गरेको प्रयास म्यासेज उनको मोबाईलमा अहिले पनि सुरक्षित हुनुपर्छ। कहिले उनको स्वस्थ्य अवस्था र समय व्यवस्थापनको कारण भेट हुन सकेन। केही दिन अगाडि मैले फेरि भेट्न चाहेको म्यासेज गरे। उनको स्वस्थ्य अवस्थालाई मध्यनजर गर्दै उहाँ बस्ने कोठा नजिक भेट गर्ने सल्लाह भयो। म निर्धारीत ठाउमा निर्धारीत समय भन्दा आधा घन्टा अगाडि पुगे। केही ढिला आईपुगेकि उनी कालो सट, कालो पाईन्ट, रातो टीका, हिल वाला चप्पल र सेतो चस्मा लगाएर आईन। मलाई उनी नै सपना हो भन्ने पत्याउन गाह्रो भो। संसारकै शक्तिशाली महिला कमजोर, बिछिप्त अनि निरास मुद्रामा भेटे।
त्यसपछि कुराकानी सुरु ग¥यौ। कुराकानी गर्दा बेला बेला आखाबाट आँसु खसाल्थिन। टेबुलमा भएको टिस्यु पेपरको सायताले चस्माको भित्रबाट आँसु पुच्थिन बेला बेला। सबै उनको कथाब्यथा सुनाईन। घरी घरी कथा भन्दै रुदै गर्दा नरुनु भनेर ढाडस दिन मन थियो तर न मैले त्यसो भन्न सके न बोल्न सके। म निसब्द बनेर हेरिरहे फेरि एकक्षिण पछि सम्हालेर कुरा गर्न सुरु गरिन। उनको कुराले म पनि बिछिप्त बने उकुस मुकुस भए। मैले देखेको भन्दा फरक कल्पना नै नगरेको सपना पाए।
सुन्दा थाहा पाउदा मैले सोचे के साच्चै शक्तिशाली महिला भनेर देशलाई चिनाउने अभागी नारी यी नै हुन त? सबै कुरा सुनेर थाहा पाए, किन आज भोलि आर्यघाटमा सपना देखिदैनन? कारणहरु सुनेर मलाई आफै सम्हालिन गाह्रो भयो। एकै दिनमा २१ वटासम्म लास जलाएका उनी आफैलाई पनि थाहा छैन कति वटा लास जलाए भनेर।
आफ्नै आमा बुबाको लास समेत नछुने नेपाली समाजमा सपनाले त्यसलाई चुनौती दिदै १८ वर्षको कलिलो उमेरमा नै बेवारिसे लासमा दागबत्ती दिएर नया कीर्तिमान गरिन। यो कुरा हेर्ने हो भने संसार भरी राखिने कुनै विश्व कीर्तिमानसंग उनको कामको तुलना हुन्न।
यसरी लास व्यवस्थापन गर्दा गर्दै ८÷९ लाख ऋण लागेछ। एउटा लासको लागि १०–१२ हजार लाग्ने रहेछ। ऋण तिर्नु पर्ने बाध्यता छ। माग्नु पनि कसलाई माग्नु? आमा बाबू हेर्नु पर्ने जिम्मेवारी पनि सपनाकै काधमा रहेछ। भखर नै एपेन्डिसाईको अप्रेसन गरेर थलाबाट उठ्दै गरेकि उनको दुबै किड्नीमा पनि खराबी रहेछ। स्वस्थ्यले साथ नदिए पनि बिदेश गएर ऋण तिर्न भनेर साउदी जान चाहेकी रहिछिन। सुनेकि छिन रे साउदी चाहिँ छिटो भिसा लाग्छ रे।
आफ्ना नजिकका आफन्तलाई बुझ्न लगाएकी रहेछिन। अब चाडै बिदेश जाने खबर सुनेपछी मेरो हातगोडा गले, मुटु गाठो परेर उकुसमुकुस भए। मैले ढाडस दिए यहि नेपालमा केही गर्नुपर्छ। सरकार छ सरकारसँग पनि यो बेवारिसे लास व्यवस्थापन गर्न समन्वय गर्दा हुन्छ भने। खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ, मेरो आदर्शको कुराले केही हुनेवाला थिएन। उनी बेवारिसे लास व्यवस्थापनको लागि सबैको ढोकामा पुगेकि रहेछिन।
पशुपति बिकाससंग कुरा गर्दा कोषले माथी निर्णय हुनुपर्छ भन्छ रे। अर्थमन्त्रालय, पर्यटन सस्कृती मन्त्रालय जादा कार्यबिधी बन्नु पर्छ भन्छ रे। अनि महानगरपालिकासंग समन्वय गरेर काम गर्नलाई महानगर प्रमुखसंग भेट्न खोज्दा भेट्न नै दिदैन रे सम्पर्क नै हुदैन रे यसरी सबै ढोका बन्द भएर बिछिप्त अवस्थामा खाडी हानिन लागेकी रहेछिन सपना।
नेपालमा बिडम्बना यहि छ म निःशुल्क स्वयंसेवकको रुपमा काम गर्छु वातावरण बनाई देउ भन्दा कार्यबिधिले रोक्छ। कुनै दिन मन्त्रायको कार्यविधि नि बन्ला, महानगर प्रमुखले नि भेट्न तयार होला तर त्यो बेला सपना साउदिको ६० डिग्री घाममा पसिना बगाउदै हुनेछिन। सपना त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थबाट उड्दा उनीसंगै हाम्रो देशको मान सम्मान पनि उडेर बेचैन हुनेछन, उनी संगै सबैको भरोसा उड्नेछन, उनको सपना खरानी हुनेछन्।
त्यो बेला हामी सोध्ने छौ सरकार तिम्रो कार्यविधिले नेपाली बेच्न बाहेक के काम ग¥यो? सरकार तिम्रो सरोजगार कार्यक्रम कहाँ पुग्यो? कति वटा बिदेशी सहरहरुमा आकर्ष रोजगारको अफर सहित स्वदेश फर्क भन्ने पोष्टर टास्यौ? कती जना विमान चढ्न लागेको युवालाई यहि भविस्य छ भनेर फर्कायौ? यदि यो प्रश्नको जवाफ सरकारसंग छैन भने सपनालाई स सम्मान यहि बस्ने वातावरण बनाई देउ। काम गर्न देउ। उसले यहि बसेर गर्न चाहेको कर्म गर्न देउ।
उनको खोसिएको खुसी फिर्ता ल्याउ। अझ उनलाई नागरिक अभिनन्दन गरेर देशको वास्तविक हिरो घोषणा गर। आज म सम्पुर्ण तीन करोड नेपालीहरुसंग पनि अनुरोध गर्छु सपनालाई यहि बस्ने वातावरण निर्माण गरौ। उनी नेपाली नागरिक मात्र हैन नेपालको गौरब हुन।
उनलाई पुन बेवारिसे लासको व्यवस्थापन गर्न आर्यघाट मै रमाउने वातावरण बनाउ। यो उनको कर्म हो त्यही गर्दा उनलाई खुसी र सम्मान मिल्नेछ आजै देखि हामी यो अभियानमा जुटौ। सपनालाई बेवारिसे लास र ती लास जल्ने आर्यघाटले कुरि रहेको छ। एक थुकी सुकि