घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको मालिका गाउपालिका–३ रुमकीतम कुमारी पुन रोकाको उपचारमा मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि मोना मलेसियाका सहसचिव एवम् रुम पात्लेका केश रोका मगरको अगुवाईमा २७ हजार १ सय ३० रुर्पयाँ संकलन गरी म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष हरिकृष्ण गौतम मार्फत अभियानका संयोजक भिम घर्ती मगरलाई हस्तान्तरण गरिएको छ ।

’उपचारमा सहयोगको प्रतिबद्धता जनाएका सबैले दिएपछि हस्तान्तरण गरेको छु,’सबैतिरबाट सहयोग मिलेकाले उपचारमा सहज भयो‘ मगरले भने । उनले मलेसियामा रहेका म्याग्देली र नेपालीले उपचारमा समस्या भएकाहरुलाई आर्थिक सहयोगमा क्षमता अनुसार सहयोग गर्ने गरेको बताए ।

यसैबीच घाईते अवस्थामा गण्डकी मेडिकल कजेलमा उपचारर्थ तमकुमारी उपचारपछि घर फर्किएसँगै अभियान समेत बन्द भएको संयोजक भिम घर्ती मगरले बताए । उनले उपचारमा आर्थिक सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्णलाई धन्यवाद समेत दिए । अभियानमा ओमकुमारी शान्ति कोषले समेत जिल्लामा संयोजन गरेको थियो ।

Leave a Reply