म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ भगवतीमा मन्दिर र ब्यक्तिको घरमा चोरी गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको दानपेटिकाबाट नियमित पैसा निकाल्ने र ब्यक्तिको घरमा चोरी गर्ने भगवती मैदानका २२ बर्षिय अर्जुन परियार र २० बर्षका अजित परियारलाई नियन्त्राण्मा लिएको प्रहरी निरिक्षक एवम् सूचना अधिकृत किरण लामाले बताउनुभयो ।

स्थानीयबासीको गुनासो र चोरीमा संलग्नको गतिविधिका आधारमा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको जनाएको छ । प्रहरीले चोरीमा संलग्नबाट विगतका गतिविधिलाई समेत अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply