लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो ।

गायक गगनकै शब्द तथा लय सृजनामा रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गर्नुभएको हो । गीतको म्युजिक भिडियोको निर्देशन समेत गायक स्वयम्ले नै गर्नुभएको छ ।दिप सागर, रिया खड्का, रिती खड्का, जीवन कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियोको छायाँकन सन्जय बुढाथोकी मगरले गर्नुभएको छ ।

माया पिरतीमा आधारित गीतको म्युजिक भिडियोमा बाध्यतावस प्रदेश पस्नु परेको कथालाई समावेश गरिएको छ ।
चोखो माया गरेका मायालु जोडिलाई परिवार तथा समाजबाट समेत असहयोग भएपछि भागेर शहर पसेको कारुणिक दृष्य गीतमा समावेश गरिएको छ ।

चोखो माया गर्ने जोडिलाई कसैले रोक्न छेक्न सक्दैन, साँचो माया धनमा होइन मनमा हुन्छ, भन्ने सन्देश गीतबाट दिन खोजिएको गायक गगनले बताउनुभयो ।गीतका टुक्काहरु टिकटकमा समेत अत्यधिक रुचाउन थालिएको उहाँले बताउनुभयो । ‘दुईदिनमै २० हजार बढिले टिकटक बनाउनुभएको छ, केहि बर्षको अन्तरालमा बजारमा आएको यो गीतले लोक संगीतप्रेमीको प्रसस्तै माया पाउने आशा गरेको छु’ गायक गगनले भन्नुभयो ।

म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा जन्मिनुभएका गायक गगनले एक दशक वढि सयम गीत संगीतमा बिताउनुभएको छ । उहाँले हेर्दामा राम्रो बेनीको बजार सालैजो, जिन्दगी, साईलो दाई, पश्चिम हिडियो, घुमाईदेउ स्वर, घर छोड्दाको रात, चन्चले मायाले लगायतका गीतहरु प्रस्तुत गरिसक्नुभएको छ ।

Leave a Reply