म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेपछि एक समुहले सहयोग जुटाएर पीडित कृषकलाई आर्थिक हस्तान्तरण गरिएको छ ।

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेपछि बाख्रापालक कृषक धन श्रीष, कृषि औजार ब्यापारी कुलदिप जुग्जाली र यूवा अभियान्ता छवि आचार्यको अगुवाईमा ७२ हजार ३२१ रुपैयाँ संकलन गरी सोमबार बेनीमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तण गरिएको छ ।

सहयोग अभियानमा स्वदेश तथा विदेश तथा पशुपालक कृषकहरुले समेत सहयोग गरेको अभियानका सदस्य छवि आचार्यले बताए । चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका थिए । सहयोगले राहत मिलेको कृषकले बताएका छन्।

Leave a Reply