म्याग्दी कलाकार संघ काठमाण्डौलाई मोना यूकेका पूर्व अध्यक्ष कमलबहादुर पूर्जा र अध्यक्ष कुमार फगामीले आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी जिल्लाबाट काठमाडौँमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्थाको संस्थागत विकासका लागि मद्धत समुह यूकेका अध्यक्ष एवम् समाजसेवी पूर्जाले १ लाख र मोना यूकेका अध्यक्ष फगामीले १५ हजार सहयोग गर्नुभएको हो ।

काठमाण्डौमा एक समारोहका बिच पूर्जा र फागमीद्धयले संघकी अध्यक्ष लाली बुढाथोकीलाई उक्त आर्थिक हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मोना यूकेका पूर्व अध्यक्ष पूर्जा र अध्यक्ष फगामीले मोनाले कलाकारलाई आफ्नो प्रस्तुतीका लागि यूकेमा अवसर दिने गरेको बताउँदै भविस्यमा पनि निरन्तरता दिने बताउनुभयो । सोही अवसरमा संघकी अध्यक्ष बुढाथोकीले प्रवासमा रहेका म्याग्देलीले म्याग्दीका कलाकारलाई राम्रो अवसर दिने गरेको बताउनुभयो ।

उहाँले कलाकार र प्रवासी म्याग्देली बिचको सम्बन्ध थप उचाईमा पुर्याउने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रमको सञ्चालन ंिघका महासचिव राम गगनले गर्नुभएको थियो । संघले कलाकार कल्याणकारी कोष समेत बनाएको छ । गीतसंगीतको माध्यमबाट म्याग्दी जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनका लागि संघमा आवद्ध कलाकारहरुले महत्वपूर्ण भूमिका खेलेका छन् ।

 

Leave a Reply