म्याग्दीको पूरानो प्रकाश माविबाट माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई)मा सहभागी समिर सुवेदीले ४ जिपिए ल्याए ।उनी सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने पहिलो विद्यार्थी बने । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत प्रदेशस्तरीय उपाधी जितेका सुबेदी सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा निकै उत्साहित छन् । उनले मेहनतको फल मिठो हुन्छ भन्ने नतिजाबाट पु्ष्टी भएको भन्दै भविस्यमा डाक्टर बनेर दुरदराजमा दीन दुःखीहरुको सेवा गर्न चाहना लक्ष्यलाईू बोकेर अवको शैक्षिक यात्रामा जुट्ने बताए । ४ जिपिए ल्याएका सुबेदीसँग बेनी अनलाइनले गरेको कुराकानी ।

एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा बधाई छ ।
धन्यवाद ।
एसईईमा राम्रो अङ्ग ल्याएर उत्कृष्ट विद्यार्थी हुँदाको अनुभूति ?
परीक्षा सकेपछि रिजल्टको व्यग्र प्रतिक्षामा थिए । परिक्षाफल राम्रो आउँछ भन्ने आशा थियो । मैले अपेक्षा गरेको नतिजा ल्याउन सफल भए । पढाई र अतिरिक्त क्रियाकलापमा मैले गरेको मेहनत, शिक्षक, अभिभावकको साथ र सहयोगले सक्दो कोशिस गरे र राम्रै नतिजा आएको छ । यो नतिजाले घर परिवार आफन्त, शुभचिन्तक सम्रग विद्यालय परिवारमा पनि खुसी छाएको छ । मसंगै प्रकाश माध्यमिक विद्यालय र समग्र म्याग्दी जिल्लाको नाम चर्चित भएको छ । यो मेरो लागि मात्रै होईन जिल्लाभरका सामुदायिक विद्यालयका लागि पनि एउटा खुसीको खबर हो । म पनि यो क्षणमा खुशीले गदगद भएको छु ।

सतप्रतिशत आफ्नो अनुकुलको नतिजा ल्याउन स्कुलका साथै घरमा कति कति बेला कसरी पढ्नु हुन्थ्यो ?
पढ्ने नै भनेर त्यस्तो छुट्टै तालिका थिएन । विद्यालयमा पुरापुर पिरियड पढाइ हुन्थ्यो । घरमा गृहकार्य गर्नमा व्यस्त । त्यमाथि पनि वक्तृत्वकला, हाजिरीजवाफ र निबन्ध लेखन जस्ता प्रतियोगितामा भाग लिनुपर्ने र उत्कृष्ट हुनुपर्ने चुनौति । मेरो बुबाआमा दुबै शिक्षण पेशामा भएकाले उत्कृष्ट वातावरण तय भयो ।

मैले घर र विद्यालयमा प्रयाप्त समय दिने गरेको थिए । पढाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि मेरो उत्तिकै रुची भएकाले विद्यालयबाट सहभागी हुने विभिन्न प्रतियोगिताले पनि पढाइमा थप सहयोग मिल्यो । जसले मलाई सफलता तिर पनि दोहो¥याउन मद्दत ग¥यो ।

अहिलेको नतिजा सोचे अनुसार आयो कि अझै बढि अपेक्षा थियो ?

अहिलेका नतिजा सोचे अनुरुप नै हो । घरपरिवारको उत्कृष्ट साथ थियोे । प्रकाश माध्यमिक विद्यालयमा प्रअ, सहायक प्रअ लगायत सम्पुर्ण सरमिसहरुले तिमीले चार जिपिए ल्याउन सक्छौ भनेर उत्प्रेरणा जगाईरहनु भएको थियो । सोहि उत्प्रेरणाले मेहनत गर्ने हौसला मिल्यो । परीक्षाको शुरुमा डर पनि लागिरहेको थियोे तर परीक्षा राम्रो भयो । फलस्वरूप नतिजा पनि राम्रो ।

भविश्यमा के बन्ने योजना छ ?
अब कक्षा ११ मा विज्ञान विषय लिएर अगि बढ्ने सोच बनाएको छु । भविष्यमा चाहिँ चिकित्सक बन्ने सपना छ । डाक्टर बनेर दुरदराजमा दीन दुःखीहरुको सेवा गर्न चाहन्छु । अस्पतालमा छट्पटाई रहेका विरामीहरुलाई देख्दा उनीहरुको सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । उपचार अभावका विरामीहरुको उपचारमा दिन विताएर देशको लागि केही गर्ने सोच बनाएको छु ।

पढाई सँगसँगै अरू के कुरामा रूची छ ?
सानैदखि पढाइमा झुकाव भयो । यस्को अर्थ यो होइन कि अरुमा रुचि नै छैन तर खेलकुद, संगीत र मनोरञ्जनलाई त्यति समय दिन सकिन । झोला नै मेरो खेलमैदान बन्यो अनि कापीकलम मेरो खेल सामाग्री । सरमिसका आवाजहरु संगीत झै गुञ्जन थाले अनि म त्यसैमा रमाउँदै गए । यसको अलावा कम्प्युटरमा रमाउन पनि मन पराउछु । फुर्सदको समयमा सफल चिकित्सकहरुको उदाहरणीय कार्यहरु युट्युवमा खोज्दै हेर्छु । उनीहरू जस्तै बनेर बिरामीहरुको सेवा गर्न पाए हुन्थ्यो भनेर रहर पाल्छु ।

अरु बिद्यार्थीलाई परीक्षामा कसरी पढ्नु पर्छ भनेर टिप्स दिनुहुन्छ ?
हाम्रो पढाइ परीक्षामुखि हुनु हुदैन । परीक्षामा लेख्न र पास हुनको लागि पढ्ने होइन । पढ्नु भनेको ज्ञान हासिल गर्नु हो । व्यवहारमा परिवर्तन हुनु हो । अरु बेला वास्ता नगर्ने तर परीक्षामा रातभर घोट्टिनु राम्रो होइन । यदि जग राम्रो भयो भने सहज हुन्छ नै । शुरुको दिनदेखि नै राम्रोसँग बुझ्दै अघि बढ्यो भने परीक्षामा सहजै सफलता हात लाग्दछ ।

तपाईसंगै पढेका साथीहरू जस्को कम नम्बर आएको छ उहाँहरूलाईके भन्न चाहानुन्छ ?
एसईई परीक्षा नै जीवनको अन्तिम परीक्षा होइन । फलामे ढोकाको संज्ञा दिएर अनावश्यक तर्साएता पनि त्यसमा सत्यता छैन । यो त जीवनको शुरुवात मात्र हो । एसईई उत्तीर्ण परीक्षामा फेल भएका कैयन मानिसहरु जीवनको परीक्षामा पास भएका छन् । यसको मतलव पढ्नु पर्दैन भनेको भने पक्कै होइन । सरकारले नै उदार कक्षा उन्नति गर्ने नियम ल्याएको छ। एसईई परीक्षामा राम्रो अंक नआए पनि अब वाकि परीक्षामा राम्रो गर्न सकिन्छ । यसको लागि अथक मेहनत र प्रतिबद्धता भने अवश्य चाहिन्छ ।

अन्त्यमा केही भन्नुछ ?
यो सफलताले जति खुशी दिलाएको छ त्यति नै धेरै चुनौति पनि थपिएको छ । यो सफलतालाई कायम राख्न थप मेहनत गर्नु पर्ने महशुस गरेको छु । यो सफलता सबैमा बाड्न चाहन्छु । विशेषत जन्मदिने आमाबुबा, घरपरिवार ईष्टमित्र, छरछिमेकि, साथीभाइ आभारका पात्र हुनुहुन्छ । विर्सनै नहुने गरि मेहतन गर्नुहुने र वातावरण तयार गर्नुहुने प्रकाश माध्यमिक विद्यालय परिवार, प्रअ लेख बहादुर हमाल सर , सहायक प्रअद्वय टेक प्रसाद सुवेदी र विनय सर, अतिरिक्त क्रियाकलापमा साथ दिनुहुने खगेश्वर रिजाल सर, शिक्षक वर्ग (सबैको नाम लिन नसकेको क्षमा प्रार्थी छु ।

व्यवस्थापन समिति र अभिभावक संघ, परीक्षा केन्द्रमा खटिनुहुने सम्पूर्ण गुरुजनहरु धन्यवादका पात्र हुनुहुन्छ । शिक्षाको जग बसाल्ने पुलाचौर एकेडेमी र हुर्काउने माउन्ट एभरेस्ट परिवारप्रति कृतज्ञ छु । जस्ले मेरो सफलतालाई आफ्नो सफलता ठानेर बधाई दिनु भयो, फोन गर्नु भयो, सामाजिक सञ्जाल रंगाउनु भयो अनि उत्सवमा सहभागी हुनु भयो सबैप्रति नमनमस्तक छु । सबैको गुण कहिल्यै तिरेर सक्नेछैन पनि । अन्तमा यो अवसर प्रदान गर्नुहुने तपाईं, बेनी अनलाइनलाई धन्यवाद दिन चाहन्छु ।

Leave a Reply