म्याग्दी प्रवासी नेपाली संघ (मोना ) स्पेन को ६ औ अधिवेशनबाट बेनी नगरपालिका वडा नं ४ सुर्केमेलाका अयन्द्र तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । सोमबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष उपादक्ष्य चन्द्र शाही, लाल बहादुर खत्री,महासचिव प्रविण सुवेदी, सचिव लक्ष्मण थापा मगर, कोषादक्ष्य राजेस शर्मा, सह कोषाध्यक्ष सोम पुन रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राजन रावल,दिप पुन,तिर्थ जुगजाली,रिक्की पुन रहेको मोना स्पेनले जनाएको छ । स्पेनमा रहेका म्याग्देलीको साझा संस्था मोनामार्फत त्यहाँ रहेका म्याग्देली र जन्मभूमिमा निरन्तर सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष तुलाचनले बताए । ‘सबैको साथ र सहयोगमा मेरो कार्यकाल अगाडी बढाउनेछु,‘हामी म्याग्देलीको दुखसुखमा सक्रिय हुन्छौ’ अध्यक्ष तुलाचनले भने। अधिवेशनको अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

Leave a Reply