म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति अष्ट्रेलियाले म्याग्दी जिल्लको पर्यटन प्रबद्धन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मोनाले फेसबूक ग्रुप मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन गर्ने प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फोटो प्रतियोगितामा सहभागीले जिल्लाका कुनैपनि पर्यटकीय स्थल वा उक्त स्थानले पर्यटन सम्भावनाको बारेमा कम्तीमा तिस शब्दको क्याप्सन सहित आफ्नो ठेगाना र नाम उल्लेख गर्नुपर्नेछ ।

लाईक र कमेन्टको आधारमा मुल्याङन गरिने प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, द्धितिय हुनेले रु १० हजार र तृतिय हुनेले रु ५ हजारको साथमा प्रमाण पत्र र ट्रफी पाउनेछन् ।

प्रतियोगिले साउन ६ गतेदेखि ९ गते सम्म मात्र फोटो ग्रुपमा पोष्ट गर्न पाहिने पौडेलले बताउनुभयो । प्रतियोगितामा सहभागी म्याग्दी जिल्लामा बसोबास गर्ने हुनुपर्नेछ । उक्त फोटो ःMONA AUSTRALIA By Myagdeli for myagdeli

Leave a Reply