धवलागिरी गाउँपालिका वडा नं ३, मुनामा किशोर किशोरीहरुको लागिजीवनोपयोगी सीप तथा जीवनवृत्त परामर्श सम्वन्धि ३ दिने तालिम सञ्चालन भएको छ । उक्त तालिममा धवलागिरी गाँउपालिका अन्र्तगत मुना, मुदी र लुलाङका १८ वर्ष उमेरका ३९ जना किशोर किशोरीहरुको उपस्थिती रहेको थियो ।

संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र धवलागिरी गाँउपालिकाको समन्वयमा उक्त तालिमा सञ्चालन भएको हो । एकिकृृत सामुदायिक विकास परियोजना अन्र्तगतको परियोजना व्यवस्थापन समितिका सदस्य चुनदेवी रसाईलीको अध्यक्षता, धवलागिरी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रवेश चन्दको प्रमुख आतिथ्यता, धवलागिरी माध्यामिक विद्यालयका विद्यायलय व्यवस्थापन समिति अध्यक्ष पुर्ण पुन, सामुदायिक विकास समिति अध्यक्ष  खिममाया पुन, धबलागिरी गाँउपालिकाका रोजगार सहायक कुशल रसाईली र धवलागिरी गाँउपालिका अपेरटर तेजेन्द्र पुनको आतिथ्यतामा उक्त तालिम सञ्चालन भएको थियो ।

उक्त तालिममा तालिमको उद्देश्य, विषयवस्त७३घढस तथा सहभागीहरुलाई स्वागत गुड  नेवर्स इन्टरनेशनल नेपाल म्याग्दिका परियोजना संयोजक   रमेश बहाद७३घढसर बुढाले गनुृृृ भएको थियो, तालिमको सफलताको
शभकामना तथा सफलताको वारेमा गाँउपालिकाका रोजगार सहायक कुशल  रसाईली आफ्नो मन्तव्य राख्नु भएको थियो भने तालिमकोसञ्चालन सहकारी विकास अधिकृत आनन्द रेग्मीले गर्नु भएको थियो।

उक्त तालिमको प्रमुख प्रशिक्षण राजेन्द्र पहाडीले गर्नुभएको थियो भने सहायक प्रशिक्षकको रुपमा परियोजना संयोजक रमेश बहादुर बुढा रहनुभएको थियो । गुड  नेवर्स इन्टरनेशनल नेपालको स्पोन्सरसिप कार्यक्रमबाट लामो
समय देखि सहयोग प्राप्त बालबालिकाहरु मध्ये यो वर्ष १८ वर्ष उमेर पुग्दै गरेका प्रायोजित किशोर किशोरीहरुलाई जीवनोपयोगी सीप तथाजीवनवृत्ति परामर्श दिई आगामी जीवन ब्यवस्थापन गर्न तथा आफ्नो जीवनको लक्ष्य निर्धारण गर्नमा सहयोग पु¥याउने उदेश्यले यो तालिमको आयोजना गरिएको थियो । मानव व्यवहार विष्लेषण, सकारात्मक
सोच÷प्रंशसनीय सोधखोज दृष्टिकोण, आत्म–ज्ञान, जीवन ब्यवस्थापन प्रक्रिया, लक्ष निर्धारण, प्रभावकारी संचार, जीवनवृत्त परामर्श, जस्ता विषयवस्तलाई प्रस्तुती, छलफल, मस्तिष्क मन्थन, खेल, योगाभ्यास, ध्यान जस्ता विधिहरु मार्फत किशोर किशोरिहरुको ज्ञान, धारणा, सोच, दृष्टिकोण र ब्यावहारमा सकारात्मक परिवर्तन ल्याउन जोड दिइएको थियो ।

गुड नेर्वस इन्टरनेशनल नेपालको स्पोन्सरसिप् कार्यक्रममा समावेश योवर्ष १८ वर्ष उमेर पुग्दै गरेको म्याग्दि जिल्लाका १४३ जना किशोरकिशोरीको सशक्तिकरणका लागि जीवन उपयोगि सिप, जीवन ब्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम, कम्प्यटर कक्षा र ब्यवशायिक सिप तालिमहरु संन्चालनमा रहेको कुरा एकिकृत सामुदायिक विकास
परियोजनाका शिक्षा तथा बालसंरक्षण अधिकृत विश्वनाथ आचार्यले  बताउनु भयो ।

Leave a Reply