बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला गरेको छ । बेनी नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुल्ला गरेको जानकारी गराएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाका अनुसार बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभयो । भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम बेनी नगरपालिकाको जग्गाहरुलाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको छ ।
नगर कार्यपालिकाको गत असार ८ गतेको बैठकले स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेहै नगरसभाबाट अनुमोदन भएको छ । बेनी नगरपालिका जग्गाको कित्ताकाट खुलाउने म्याग्दीको पहिलो पालिका बनेको छ ।
नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार जलजलामा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।
२०७९ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको थियो । मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ । कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Leave a Reply