अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कमाउन गएका श्रीमान जेलमा, परिवारको बिचल्ली

On: July 18, 2023 6:43 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँ थाईवाङकी विष्णु परियारले धन कमाउन मुस्ताङ गएका श्रीमान हत्याको आरोपमा जेलमा परेको तीन महिनापछि मात्रै जानकारी पाईन् ।

ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएकी विष्णुलाई श्रीमान हिरा श्रीपाली जेल परेको पीडा एकातिर छ, भने अर्कातिर तीन–तीन छोराछोरीको भविष्यको चिन्ताले सताइरहेको छ। सुकुम्बासी जीवन विताइरहेकी बिष्णुले सामान्य ज्यालामजदुरी र छिमेकीलाई मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेको बताईन् ।

‘कमाउन गएका श्रीमान जेलमा परेका छन्,काखे छोरालाई च्यापेर मजदुरी नगरी विहानबेलुकी हातमुख जोड्न मुस्किल छ’ बिष्णुले भनिन् । श्रीमानले हत्या गरेको समेत स्वीकार गरेकाले अव उनी फर्किएर छोराछोरीको खर्च जुटाउने आश मरेको उनले बताईन् ।

जमिनको नाममा एक टुक्रा पनि नभएपछि माइतीको घरमा बस्नै आएकी विष्णुकी जेठी छोरी अञ्जु परियार थाईवाङ आधारभुत विद्यालयमा कक्षा ४ र सोमिया परियारले बालविकासमा अध्ययनरत छिन् । ‘बिरामी हुँदा उपचार गर्ने पैसा समेत छैन,‘थोरै सहयोग भएपनि शिक्षादिक्षा राहत मिल्थ्यो’ बिष्णुले भनिन् । उनले घरमा पकाउने केही नभएपछि भोकभोकै विद्यालय पठाउने गरेको बताईन् ।

यता थाईवाङ आधारभुत विद्यालयका शिक्षक बलिभद्र गौतमले यो अवस्थामा माइतीकै शरणमा बसेपनि अन्नबाली हुने खेतबारी समेत नभएको बताए। ‘भोकै आउँदा विद्यालयमै खान दिन्छौ, दिवा खाजामा पनि अन्य विद्यार्थीलाई भन्दा धेरै दिनुपर्छ,‘सहयोगको धेरै आवश्यकता छ’ शिक्षक गौतमले भने ।

उनले शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको बिष्णुको परिवारलाई सहयोगको अपिल समेत गरे । कमाउने एउटै व्यक्ति जेल परेपछि तीन सन्तानको लालनपालनमा समस्या भएपछि विद्यालयले सहयोग जुटाएर शिक्षादीक्षामा खर्च गर्ने योजना बनाएको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।