म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९÷८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– “बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।” गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए ।

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत रु ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट रु २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत रु चार लाख सोह् हजार, मन्दिरको भेटी रु पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट रु तीन लाख आठ हजार तथा ब्याजबाट रु १७ हजार आम्दानी भएको छ ।

Leave a Reply