म्याग्दीको संस्थागत विद्यालयमा आफ्नो फरक पहिचान बनाउन सफल भएको बेनी आवासीय माध्यमिक विद्यालयमा माध्यमिक परिक्षा (एसइई) परीक्षा–२०७९ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ।

विद्यालयको प्राङ्गतमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक रेशमबहादुर बानियाँले विद्यालयले हरेक एसइईको नतिजामा आफ्नो पहिचानलाई कायम राखेको बताए।‘हाम्रो हरेक बर्षको एसइई नतिजा उत्कृष्ट छ, परीक्षा केन्द्रित तयारी नभई सधै परीक्षा केन्द्रिय शैक्षिक गतिविधिले समेत नतिजा उत्कृष्ट आउने गरेको छ’ संस्थापक बानियाँले भने ।

यसबर्षको जिल्लाभरको औसत नतिजामा तेस्रो भएको बेनी आवासीय मावि गत बर्ष जिल्लाभर संस्थागतमा प्रथम भएको थियो । विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले शैक्षिक सत्रको सुरुवातदेखि नै नतिजामुखी शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलापमा समेत प्राथमिकता दिने गरिएकाले परीक्षामा विद्यार्थीलाई अनावश्यक दवाव नहुने बताए । कार्यक्रममा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरु सहित सम्पूर्ण विद्यालयका शिक्षकहरु र होस्तेलका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बिक्रम बोगटीले संस्थागत विद्यालयमा बेनी आवासीयको फरक पहिचान बनाउन सफल भएकाले विद्यार्थीको चाप अधिक रहेको बताए । उनले विद्यालयभित्र विद्यार्थीका हरेक गतिविधिलाई शैक्षिक उपलब्धीको मापनको विधि उत्कृष्ट रहेको बताए । सम्मान कार्यक्रमको सञ्चालन शिक्षक बिशाल खत्री र समापन प्रबन्ध निर्देशक सनम बानियाँले गरेका थिए ।

Leave a Reply