अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

लायन्स क्लव लभ्लीहिलले गर्‍यो बृक्षरोपण

On: July 20, 2023 10:36 PM
Follow Us:

लायन्स क्लब अफ बेनी लभ्लीहिलले बेनी नगरपालिका वडा नं २ लभ्लीहिल आसपासका क्षेत्रमा बृक्षरोपण गरेको छ। क्लवले बिहिबार लभ्लीहिल आसपासका क्षेत्रमा लालीगुराँस, थुपी, कल्की, गुल्मर, पारीजात, बिरेन्द्र फुल, सिम्रु लगायतका करिब १ सय बिरूवा रोपिएका छन् ।

सदरमुकाम बेनी नजिकैको पर्यटकीयस्थल लभ्लीहिलमा बृक्षारोपण, सरसफाई सहित गतबर्ष गरिएको बृक्षारोपणको काटछाँट, मलजल, गोडेमल गरिएको क्लवका अध्यक्ष नेत्रराज सुबेदीले बताए ।उनले पर्यटकीयस्थल आसपासका क्षेत्रमा नियमित सरसफाई सहित बृक्षारोपण लगायतका गतिविधिलाई कार्यतालिका बनाएर निरन्रतता दिइने बताए ।

कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ आई नेपालका जोन चियरपर्सन अर्जुन पौडेल, बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेल, बेनी नगरपालिका वडा नं ७ का वडा सदस्य विश्वास श्रेष्ठ, मात्रृ क्लव लायन्स क्लव बेनी म्याग्दीका पूर्व अध्यक्ष सुमन श्रेष्ठ, क्लवका पूर्व अध्यक्ष देबेन्द्र पौडेल, लभ्लीहिलका अगुवा कृषक चन्द्रबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

लभ्लीहिल आसपासका क्षेत्रमा लालीगुराँस फुल्ने भएकाले बेनीबजार आसपासबाटै देखिने गरी लालीगुराँस सहितका आर्कषक फुलहरु रोपण गरी प्रकृति र मानव सम्बन्धलाई जोड्नुपर्ने लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ आई नेपालका जोन चियरपर्सन अर्जुन पौडेलले बताए । उनले बृक्षारोपण गर्नु मात्र नभई यस्को संरक्षणमा लाग्न आग्रह गरे ।क्लवले प्रत्यक बर्ष कार्यतालिका बनाएर बिक्षरोपण, रक्तदान, बिद्यार्थीलाइ छात्रबृत्ति लगायतका सामाजिक कार्य गर्दै आएको छ ।