---Advertisement---

बेनीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, डेढ सय लाभान्वित

On: July 21, 2023 12:59 PM
Follow Us:

बेनी नगरपालिका वडा नं ८ को आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब डेढसय जनाले सेवा लिएका छन्। शुक्रबार पिपलचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

‘जेष्ठ नागरिकमा धेरै मधुमेहको समस्या देखिएको छ,‘स्वास्थ्य शिविरलाई भविस्यमा पनि निरन्रतता दिन्छौ’अध्यक्ष कर्माचार्यले भन्नुभयो ।शिविरको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले जेष्ठ नागरिक, दिर्घरोगीका साथै वडास्तरमा शिविरहरु सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले शिविरले स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधि समेत बिरामीलाई उपलब्ध गराएकाले चिहित्सकको परामर्श अनुसार औषधी सेवन गर्न समेत अनुरोध गर्नुभयो। ‘जनताको मन आयुर्वेद औषधीले जितेको छ, तर प्रचार प्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो’ मेयर केसीले भन्नुभयो ।

शिबिरमा बालबालिका देखि बृद्धबृद्धा सम्मले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा जेष्ठ नागरिकले घरदैलोमै सेवा पाउँदा रोगको पहिचान र समस्या समाधानमा सहज भएको बताउनुभयो । म्याग्दीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले समेत ग्रामिण क्षेत्रमा शिविर सञ्चालन गर्ने गरेको छ । स्वास्थ्य सेवामा जनताको पहुँच सजिलै होस् भन्नको लागि नागरिक आरोग्य सेवा केन्द्रको स्थापना समेत गरिएको छ ।