पश्चिम म्याग्दी जोड्ने बेनी– दरवाङ सडकखण्ड अन्तरगत सिमदेखि रनवाङसम्मको सडक र अस्पताल भवन अलपत्र पारेर सम्पर्कविहिन भएका ठेकेदार काममा फर्किने बताएका छन् । तिब्र गतिमा सडक स्तरउन्नति र कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपनि निर्माण ब्यवसायीको ओम बुद्ध इन्टरनेसनल कम्पनीका संन्चालक दिपेश लामाले काम नगरेपछिमाननीय खम बहादुर गर्बुजा(खम्बिर)का स्वकिय सचीव पृजेन भट्टचनले ठेकेदारलाई भेटेर ध्यानार्कषण गराएका हुन् ।

बेनी नगरपालिका हुदै पश्चिम म्याग्दीको मंगला, मालिका, धौलागिरी गाउँपालिका साथै छिमेकी जिल्ला बागलुङ र रुकुमलाई जोड्ने आयोजनाको मंगला गाउँपालिका–२,सिम देखि रनबाङ्ग सम्म बाकी रहेको(३.५ किमी) मोटरबाटो र मंगला गाउँपालिका–५ मा अलपत्र अवस्थामा रहेको हाडेभिर स्थित १० शैयाको हस्पिटलको कामलाई समेत तत्काल सुरु गर्न समेत ध्यानर्कषण गराइएको थियो ।

सोही अवसरमा संसद गर्बुजाले आयोजनास्थलमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत स्वकीय सचिव भट्टचनले सुनाएका थिए । ठेकेदार लामाले एक हप्ताभित्र अस्पतालको संरचना बनाउन फर्किने र सडकलाई समेत असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भट्टचनले बताए। २४ किलोमिटरको सडकखण्ड रहेको बेनी दरबाङको पहिलो खण्ड अन्तरगतको काम सम्पन्न भएको छ भने रातोढुंगादेखि दरबाङसम्मको काम समेत धमाधम भइरहेको छ।

पश्चिम म्याग्दी संगै बागलुङ र रुकुम जिल्लाका जनतालाई समेत सहज हुनु गरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा रुपमा समेत प्रयोग गर्न सकिने सडकको काम समयमै सम्पन्न नहुदाँ पश्चिम क्षेत्रमा तीनवटा पालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ । बेनीदेखि दरबाङसम्मको सडकको कालोपत्रे सहितको संरचना सम्पन्न भएमाकरिव साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर करिव १ घण्टामा पुरा गर्न सकिनेछ ।

Leave a Reply